• १३ साउन २०८१, आइतबार

'सम्झना बिर्सना'को प्रदर्शन मिति स्थगित

blog

काठमाडौं, वैशाख २९ गते । फिल्म 'सम्झना बिर्सना'को प्रदर्शन मिति स्थगित गरिएको छ । निर्माण टिमले चुनावका कारण फिल्म हेर्ने स्थिति नरहेको भन्दै फिल्म निर्धारित मितिमा रिलिज नहुने जानकारी गराएको हो । 

फिल्मले जेठ ६ गते प्रदर्शन हुने गरी ट्रेलर सार्वजनिक गरेको थियो । फिल्ममा आकाश श्रेष्ठ र पूजा शर्माको मुख्य भूमिका देख्न सकिन्छ । 

यो फिल्मलाई निमेष प्रधानले निर्देशन गर्नुभएको हो भने फिल्मका निर्माता आदित्यमान प्रधान हुनुहुन्छ । निर्माण टिमले अर्को उपयुक्त मिति मिलाएर फिल्म रिलिज गर्ने जानकारी दिनुभएको छ ।