• १२ मंसिर २०८१, बुधबार

चीन भ्रमणमा रहेका रास्वपाका नेताहरू आकस्मिकरूपमा फर्कँदै

blog

रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले

काठमाडौं, असोज ६ गते । चीन भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू आकस्मिकरूपमा नेपाल फर्किन लाग्नु भएको छ ।  चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली नेपालमा भएको राजनीतिक गतिविधिलाई ध्यानमा राखेर तत्काल फर्किन लागेको हो । 

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्वीकारेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरातमा चीनका लागि उडेको थियो । 

भ्रमण टोलीलाई नेतृत्व गरेका डा. स्वर्णिम वाग्लेले भन्नुभयो, ‘‘नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखिएकाले तत्काल फर्किन लागेका हौँ ।’’

टोलीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु सरकार श्रेष्ठ हुनुहुन्छ ।