• १२ असोज २०८१, शनिबार

नेपाल आज क्यानडासँग खेल्दै

blog

फाइल तस्बिर ।

काठमाडौँ, असोज ६ गते । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले आइतबार (आज) राति क्यानडासँग प्रतिस्पिर्धा गर्दैछ । 

क्यानडाको किङ्ग सिटीमा नेपाली समय अनुसार साँझ ८:४५बजे खेल सुरु हुनेछ । एक दिवसीय त्रिकोणात्मक यस सिरिजमा नेपाल, क्यानडा र ओमान छन् ।

अघिल्ला दुई खेलमा लगातार हार खेपेको नेपाललाई यस सिरिजमा टिक्न अबका खेल निकै महत्वपूर्ण छ । नेपाल पहिलो खेलमा क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल जित नजिक पुगेपनि ओमानसँग एक विकेटले पराजित भएको थियो ।

नेपालले क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेलिरहेको हो । नेपालले यस सिरिजको चौथो खेल असोज ८ गते ओमानसँग खेल्नेछ । यसअघि पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल्ने प्रावधान छ । नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ । 

नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो । क्यानडामा तीन टोलीबिच टी–२० सिरिज पनि हुनेछ । नेपालले क्यानडापछि अमेरिकामा विश्वकप लिग–२ कै अर्को सिरिज खेल्नेछ । यस सिरिजमा आयोजक नेपाल र स्कटल्यान्ड  छ । 

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्लेल, आसिफ शेख, भीम सार्की, अनिल साह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललितनारायण राजवंशी, सन्दीप लामिछाने र देव खनाल (वैकल्पिक खेलाडी) ।