• २५ पुस २०८१, बिहिबार

पहिलो विदेश भ्रमणका क्रममा इरानी राष्ट्रपति इराकमा

blog

इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुदानीले इरानी राष्ट्रपति मसुद पेजेस्कियानलाई बगदाद विमानस्थलमा स्वागत गर्नुहुँदै ।

इराक, भदौ २७ गते । इरानी राष्ट्रपति मसुद पेजेस्कियान जुलाईमा पदभार ग्रहण गर्नुभएपछि आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका लागि बुधबार बगदाद पुग्नुभएको छ ।

इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुदानीले इरानी राष्ट्रपति मसुद पेजेस्कियान र उहाँको प्रतिनिधिमण्डललाई बगदाद विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

दुई नेताबिच क्षेत्रीय घटनाक्रम र गाजामा जारी अवस्थाका बारेमा छलफल हुने बताइएको छ । अल–सुदानी र पेजेस्कियानले आर्थिक र सुरक्षा सहयोग अभिवृद्धि गर्ने तरिकाहरू खोज्ने र विभिन्न क्षेत्रहरूमा धेरै समझदारी पत्रमा हस्ताक्षर गर्नुहुनेछ ।

जसमा कर सहयोग, कृषि, प्राकृतिक स्रोत, सञ्चार, सामाजिक सुरक्षा, युवा तथा खेलकुद, शिक्षा, पर्यटन र सांस्कृतिक आदानप्रदान समावेश छन् । यात्राको क्रममा पेजेस्कियानले राष्ट्रपति अब्दुल लतिफ रशीद र संसद्का कार्यवाहक सभामुख मोहसेन अल–मंडालावीलगायत प्रमुख इराकी नेताहरूसँग भेट गर्नुहुनेछ ।

पेजेस्कियानले बसरा, कर्बला र नजाफ प्रान्तका साथै उत्तरी इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रको राजधानी एर्बिलको पनि भ्रमण गर्ने कार्यक्रम छ । सिन्ह्वा /न्यूज एजेन्सी नेपाल