• ८ मंसिर २०८१, शनिबार

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

blog

गाजा, भदौ २३ गते । गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक प्यालेस्टिनी बालिकाको कुपोषण र उपचारको अभावका कारण मृत्यु भएसँगै कुपोषणका कारण मृत्यु हुने बालबालिकाको सङ्ख्या ३७ पुगेको छ ।

चिकित्सा स्रोतहरूले प्यालेस्टिनी समाचार समिति (वाफा) लाई कुपोषण र खाध्य आपूर्तिको अभावका कारण बालिकाको मृत्यु भएको बताएका छन् ।

गाजामा ५० हजारभन्दा बढी बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त रहेको युनिसेफले घोषणा गरेको थियो । संयुक्त राष्ट्रले गाजापट्टीमा मानवीय अवस्था दयनीय रहेको चेतावनी दिएको छ ।

गाजापट्टीका बासिन्दाले अक्टोबर ७ देखि जारी विनाशकारी इजरायली युद्धको कारणले अभूतपूर्व मानवीय र स्वास्थ्य सङ्कटको सामना गरिरहेका न् । रासस/क्यूएनए