• २७ पुस २०८१, शनिबार

अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि

blog

वासिङ्टन, भदौ २२ गते । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआईकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण देखिएको छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्रअन्तर्गतको मिसौरी ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सिनियर सर्भिसेज’का अनुसार ती वयस्क बिरामीलाई अगस्ट २२ मा अस्पताल भर्ना गरिएको थियो । बिरामीलाई इन्फ्लुएन्जाविरुद्ध एन्टिभाइरल औषधी दिएपछि निको भएको र अस्पतालबाट डिस्चार्ज गरी सकिएको जनाइएको छ ।

प्रारम्भिक परीक्षणमा बिरामीको फ्लुको प्रकार शङ्कास्पद देखिएकाले यसलाई राज्य र सङ्घीय प्रयोगशालामा थप परीक्षणका लागि पठाइएको थियो । परीक्षणबाट ती बिरामीलाई यो एच–५ ण्बर्ड फ्लु) भएको पुष्टि भएको छ ।

यो वर्ष अमेरिकामा वर्ड फ्लुको सङ्क्रमण पुष्टि हुने उनी १४ औँ व्यक्ति थिए भने जनावरहरूसँगको सम्पर्क बिना वर्ड फ्लु पुष्टि हुने उनी पहिलो व्यक्ति थिए ।

“मिसौरीमा दुधका लागि पालिएका गाईहरूमा एच ५ सङ्क्रमण रिपोर्ट गरिएको छैन”, मिसौरी स्वास्थ्य विभागले भनेको छ, “यद्यपि ‘व्यावसायिक वा घरको आँगनमा पालिने केही पङ्क्षीहरूको समूह वा जङ्गली चरा’हरूमा वर्ड फ्लु सङ्क्रमण भएको भने पुष्टि भएको छ । सन् २०२२ मा वर्ड फ्लुका सबै घटना हरू फार्मवर्कर्समा थिए, जसमा पहिलो पटक पनि समावेश थियो ।

बर्डफ्लु सबैभन्दा बढी जङ्गली चराचुरुङ्गी र कुखुरामा पाइन्छ, तर पछिल्लो समय स्तनधारी जनावरमा पनि देखिएको छ । यस वर्ष देशभर बर्डफ्लुको प्रकोप गाईबस्तुमा पनि देखिएको छ । रासस/एएफपी