• १३ साउन २०८१, आइतबार

सप्तरीमा आगलागीबाट लाखौँको क्षति

blog

आगलागी नियन्त्रणमा लिँदै स्थानीय र प्रहरी । तस्बिर : गोरखापत्र

वोदेवर्साइन (सप्तरी) वैशाख २६ गते । सप्तरीमा भएको आगलागीमा करिब २५ लाख बराबरको क्षति भएको छ । राजविराज नगरपालिका वडा नम्बर १० मट्टीगढीमा आइतबार दिउँसो ३ः०० बजे अचानक भएको आगलागीमा चार वटा गोठ जलेर नष्ट भएको छ ।

आगलागीबाट मटीगढी शर्मा टोलका तेजनारायण शर्मा, गुलटेन सुतिहार, उमेशकुमार शर्मा, सकलदेव शर्मा र शिवनाथ यादव सातवटा घर गोठ जलेका छन् । गोठभित्र राखिएका गाईवस्तुलाई खुवाउने भुस, पराल, धान तथा काठ जल्दा करिब २० लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । 

त्यसैगरी शनिबार राजविराज–१६ बाेरियामा भएको आगलागीबाट स्थानीय बुदुर यादवको  घरमा रहेका भाँडाकुँडा, लताकपडा लगायत जिन्सी समानहरु जलेर खरानी हुँदा (५०,०००) पचास हजार रुपियाँ बराबरको अनुमानित क्षति भएको प्रहरीले जनाएको छ । राजविराज नगरपालिकाबाट गएको वारुणयन्त्र र स्थानीयवासीको प्रयासले एक घण्टापछि आगो नियन्त्रणमा आएको छ ।