• १३ साउन २०८१, आइतबार

रसुवागढी नाका मङ्गलबारबाट बन्द

blog

नमराज सुबेदी
नुवाकोट, वैशाख २६ गते ।
स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपालसँग सीमा जाडिएको चीनको उत्तरी व्यापारिक नाका रसुवागढी मङ्गलबार राति १२ बजेबाट बन्द गरिने भएको छ।

निर्वाचन हुनु ४८ घण्टा अगाडि नै सीमा नाका बन्द गर्नुपर्ने भएकाले वैशाख २७ गते राति १२ बजेबाट नाका बन्द गर्न लागिएको हो । वैशाख ३१ गते शनिबारबाट नाका पुनः सञ्चालनमा आउनेछ ।एकै चरणमा वैशाख ३० गते देशभर स्थानीय तह निर्वाचन हुँदैछ ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुन्छ भने नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ ।

२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गर्छ । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ ।