• १७ भदौ २०८१, सोमबार

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

blog

रेखीराम राना
तानसेन, भदौ १७ गते ।
पाल्पामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर–१० गेझा बर्दलेका ४० वर्षीय यमबहादुर खरुमगर रहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान ९ बजेतिर पाल्पाको रामपुर–१० बर्दलेबाट रामपुरकै रामटारतिर जाँदै गरेको लु ४४ प नम्बरको स्कुटर अनियन्त्रित भई सडक किनारमा रहेको डिभाइडरमा ठोक्किन जाँदा खरुमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनाबारे थप अनुन्धान भइरहेको पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।