• १६ भदौ २०८१, आइतबार

पैँचोले ल्यायो चाडपर्व उपहार योजना

blog

काठमाडौँ, भदौ ११ गते । पैँचो पसल प्रालिले चाडपर्वका अवसरमा उपहार योजना सार्वजनिक गरेको छ ।  सोमबार कृष्णाष्टमीबाट सुरु भएको उपहार योजना तिज, दसैँ, तिहार, छठ हुँदै क्रिसमससम्म सञ्चालन हुने छ । पैँचो पसलका उत्पादन खरिद गर्दा यो उपहार योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ । 

आफ्ना ग्राहकलाई यसअघि पनि विभिन्न अफर र उपहार दिँदै आएको पैँचोले चाडपर्वमा थप ५० उपहार घोषणा गरेको हो । पैँचोका प्रमुख बजार व्यवस्थापक लक्ष्मण गैरेले चाडपर्वलाई उत्सव र खुसियाली बनाउने उद्देश्यसहित चाडपर्व अफर ल्याइएको जानकारी दिनुभयो । 

उपहार योजना भदौ १० देखि पुस १० गतेसम्म लागु हुने छ । पुरस्कारको घोषणा पैँचो पसलको वार्षिकोत्सव पुस १५ गते घोषणा गर्ने कम्पनीले जनाएको छ ।