• ७ जेठ २०८१, सोमबार

२४ घण्टामा थप ११ जना सङ्क्रमित थपिए

blog

काठमाडौं, वैशाख २४ गते। पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २० जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको हो। त्यसैगरी १२ सय ९६ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ। 

२४ घण्टामा २१ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ। २४ घण्टामा ६९ हजार ६५६ जनाले खोप लगाएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या २०५ जना छ ।