• ९ मंसिर २०८१, आइतबार

धारिलो हतियार देखाई लुटपाट गर्ने पाँच जना पक्राउ

blog

लुटपाट संलग्न व्यक्तिलाई सार्वजनिक गर्दै प्रहरी । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
कास्की, साउन २९ गते ।
पोखरा ६ स्थित लेकसाइडमा बाटोमा हिडिरहेकी एक महिलालाई लुटपाट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

स्कुटर र मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले धारिलो हतियार चक्कु देखाई घाँटीमा राखी डर त्रासमा पारी महिलासँग भएको गहना र पैसा लुटेका थिए । दुई तोला बराबरको सुनको सिक्री, नगद १२ हजार र लेदरको कालो रङ्गको ज्याकेट लुटी फरार भएका थिए ।

प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त घटनामा संलग्न जिल्ला कास्की पोखरा महानगरपालिका वडा १८ मा बस्ने ३७ वर्षीय देवन गुरुङ, १९ वर्षीय आजित रुचाल भन्ने हितमान सार्की, तनहुँ व्यास नगरपालिका वडा ३ घर भई जिल्ला कास्की पोखरा ५ बस्ने १८ वर्षीय अनिश भट्टलाई पक्राउ गरेको छ ।

घटनामा प्रयोग भएको ग ८ प ६९२४ नम्बरको स्कुटर र ग ११ प ९८२७ को मोटर साइकलसहित पक्राउ गरी खानतलासी गर्दा उनीहरुको साथबाट सुनको सिक्री बिक्री गरी आएको रकम एक लाख तीन हजार पाँच सय बरामद गरेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान गर्दा सुनको सिक्री किन्ने पोखरा ४ गणेशटोल बस्ने विकास सुन चाँदी पसलका सञ्चालक नारायणप्रसाद बिक र एस पि मान्मा ज्वेलर्सका सञ्चालक प्रशान्त मान्मा समेतलाई पक्राउ गरेको छ ।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले कास्कीका प्रहरी प्रवक्ता वसन्त शर्माले जानकारी दिनुभयो ।