• १२ असोज २०८१, शनिबार

कीर्तिपुरमा कला प्रस्तुति

blog

काठमाडौँ, साउन २५ गते । बृहत कीर्तिपुर नगरव्यापी संगीत महोत्सव ११४४ सम्पन्न भएको छ । कीर्तिपुर क्षेत्रका प्रतिभालाई प्रोत्साहन गर्ने र सर्जकलाई सम्मान गर्दै कला–संस्कृति र राष्ट्रको पहिचानको लागि सो महोत्सव पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलमा सम्पन्न भएको हो । ४० बढी कलाकारको प्रस्तुतिका साथ महोत्सव सम्पन्न भएको हो । 

महोत्सवमा कलाकार पल्पसा डंगोल, आँखा विशेषज्ञ डा. कविन्द्र बज्राचार्य, लोककवि राजभाई जःकमि, विश्व नेपाली, वीरप्रसाद भन्सारी, गुजे मालाकार, सतिश महर्जन, मथुरा महर्जन, नरेन्द्र महर्जन, रत्नशोभा महर्जन, रानीशोभा, राफेल महर्जनलगायतले गीत गाउनुभएको थियो ।


कुमारी, आर्यताराको नृत्य र खिँ बाजा र सारंगीको धुन समेत महोत्सवमा प्रदर्शन गरिएको थियो ।

नेपाल कला संस्कृति उत्थान समाजका अध्यक्ष विजय डंगोलले नयाँ र पुराना सर्जकहरुलाई एकताबद्ध गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको बताउनुभयो ।

कार्यक्रममा परम्परागत संगीतका ९३ वर्षीय वाद्य गुरु भाइराजा महर्जन र ८० वर्षीय जोगमान महर्जनलाई सम्मानित गरिएको थियो । कीर्तिपुरका कायममुकायम मेयर शुभलक्ष्मी शाक्य महर्जन, गोरखापत्र दैनिकका सल्लाहकार सम्पादक उपेश महर्जन, समाजसेवी श्रीराम महर्जन, वाद्यगुरु धर्म मुनिकारलगायतले दुबै जनालाई दश हजार नगद राशी दोसल्ला र कदरपत्रसहित सम्मानित गर्नुभयो ।