• १२ असोज २०८१, शनिबार

राजविराज–कुनौली सडकखण्डमा आवतजावत अवरुद्ध

blog

देवरामप्रसाद यादव
सप्तरी, साउन २३ गते ।
सप्तरीको राजविराज–कुनौली सडकखण्डमा वर्षाका कारण अवरुद्ध भएको छ । जिल्लाको  तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित राजविराज भन्सार कार्यालयभन्दा करिब ३०० मिटर पूर्व सडक खाँडो र जिता नदीले कटान लागेसँगै यातायात आवतजावत अवरुद्ध भएको हो ।

साथै पैदल आवतजावत गर्न पनि समस्या भएको छ । त्यस्तै, भारतबाट कुनौली हुँदै आएका मालबाहक सवारीसधनहरु बाटोमै रोकिएका छन् ।

तिलाठीकोइलाडी गाउँपालिका वडा नं १ का वडाध्यक्ष दिनेश्वर मिश्रले नदीका कारण सडक कटान हुने समस्या तीन दशकभन्दा बढी भएको बताउनुभयो ।

खाँडो र जिता नदीको बहाव सहि रुपले व्यवस्थापन नहुँदासम्म निरन्तर यो समस्याले  यात्रुहरूलाई सास्ती दिँदै आएको उहाँको भनाइ छ ।