• ७ मंसिर २०८१, शुक्रबार

एसइई ग्रेड वृद्धिका लागि परीक्षा केन्द्र तोकियो

blog

गुणबहादुर रोका 

सुलीकोट, साउन १५ गते । गोरखामा ग्रेड वृद्धि परीक्षाको लागि सोमबार ६ वटा केन्द्र तोकिएको छ । ग्रेड वृद्धि परीक्षाको लागि गोरखामा २ हजार ४ सय ६५ परीक्षार्थीको सहभागिता रहने जिल्ला शिक्षा तथा समन्वय इकाई गोरखाका प्रमुख रमेशराज मैनालीले जानकारी दिनुभयो । 

उहाँका अनुसार महालक्ष्मी मावि लक्ष्मीबजार, महेन्द्रज्योति मावि पोखरीथोक, शक्ति मावि पाटेचौर, सरस्वती मावि आहाले, भवानी मावि ठाँटीपोखरी र भिमोदय मावि आरुघाट परीक्षा केन्द्र तोकेको उहाँले बताउनुभयो । 

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिकाका जम्मा २३ विद्यालयका ४ सय १६  जना परीक्षार्थीहरूको केन्द्र भिमोदय मावि आरुघाटमा तोकिएको छ । त्यस्तै बारपाक सुलीकोट गाउँपालिका, भीमसेन थापा गाउँपालिका र सहिद लखन गाउँपालिका २६ विद्यालयका ४ सय २० जना परीक्षर्थीहरुको केन्द्र गोरखा नगरपालिकाको सरस्वती मावि आहालेमा तोकिएको छ । 

त्यस्तै पालुङटार नगरपालिका र अजिरकोट गाउँपालिकाका जम्मा २२ विद्यालयका ४ सय २२ परीक्षार्थीहरूको केन्द्र भबनी मावि ठाँटीपोखरीमा केन्द्र तोकिएको छ । गण्डकी गाउँपालिका र सिरानचोक गाउँपालिकाका २७ विद्यालयका ४ सय ७ जना परीक्षार्थीहरूको केन्द्र गोरखा नगरपालिकाको महालक्ष्मी मावि लक्ष्मी बजारमा तोकिएको छ । 

गोरखा नगरपालिकाका २४ विद्यालयका ४ सय जना परीक्षार्थीहरू गोरखा नगरपालिकाको महेन्द्र ज्योति मावि पोखरीथोक केन्द्र तोकिएको छ । परीक्षार्थीका लागि तोकिएको परीक्षा केन्द्रमा विद्यार्थी सङ्ख्या बढी भए पछि आरुघाट, पालुङटार, बारपाक सुलीकोट, सहिदलखन र गोरखा नगरपालिकाका १३ विद्यालयका ४ सय विद्यार्थीहरूलाई शक्ति मावि पाटेचौरमा केन्द्र तोकिएको जिल्ला शिक्षा समन्वय इकाई गोरखाले जनाएको छ । 

माध्यमिक शिक्षा परीक्षा एसइई को ग्रेड वृद्धि पूरक परीक्षा आउँदो साउन २३ गतेबाट सुरु हुने भएको छ ।