• १३ साउन २०८१, आइतबार

डुबेर बालकको मृत्यु

blog

रवीन्द्र उप्रेती

बर्दिबास, साउन १३ गते । बर्दिबास–६ स्थित रातु खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीकाअनुसार बर्दिबास –७ किसान नगरका विक्रम अधिकारीको १२ वर्षीय छोरा रिदम अधिकारीको आइतबार डुबेर मृत्यु भएको हो । 

रातु खोलाको बायाँ किनाराको तटबन्धनजिक खाल्डोमा जमेको पानीमा पौडी खेल्नेक्रममा आज अपराह्न बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी रेवतीरमण पोखरेलले बताउनुभयो । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।