• ९ पुस २०८१, मङ्गलबार

सबै सर्जकको आकर्षण मधुपर्क

blog

मधुपर्क मासिकको ५७ औँ वार्षिकोत्सवका अवसरमा साहित्यका विभिन्न विधामा निरन्तर क्रियाशील वरिष्ठ तीन साहित्यकारलाई मधुपर्क सम्मान, २०८१ अपर्ण गरिएको छ ।  

विसं २०२५ जेठ ३० गतेबाट प्रकाशन शुभारम्भ भएको मधुपर्क वार्षिकोत्सवका अवसरमा २०५९ देखि सम्मान अर्पण परम्परा सुरु गरिएको हो । यस वर्ष  वरिष्ठ समालोचक/ साहित्यकार प्रा. कृष्ण गौतम (गद्य), वरिष्ठ कवि मञ्जु काँचुली तिवारी (पद्य) र कथाकार किशोर पहाडीलाई (प्रतिभा) सम्मान अर्पण गरिएको हो । 

औपचारिक कार्यव्रmमका प्रमुख अतिथि वरिष्ठ समालोचक डा. वासुदेव त्रिपाठीले नेपाली साहित्यको श्रीवृद्धिमा मधुपर्कको भूमिका संस्मरण गर्दै सम्मानित साधकहरूको योगदानको उच्च कदर गरी उहाँहरूलाई सम्मान गर्ने मधुपर्कको निर्णयको प्रशंसा गर्नुभयो । प्रमुख अतिथि प्राडा त्रिपाठीले आफूलाई मन परेको आफ्नै कविता ‘म पालुवा” वाचन र दीप प्रज्वलन गर्दै कार्यव्रmम उद्घाटन गर्दा कार्यव्रmमस्थल साहित्यमय भएको थियो । मधुपर्क सम्मानबाट सम्मानित साहित्यकारहरूको योगदान तथा समकालीन साहित्यका बारेमा उहाँले व्यक्त गर्नुभएका प्रेरणादायी प्रसङ्गले पनि सहभागीबिच रमाइलो वातावरण सिर्जना भएको थियो । साहित्य सिर्जनामा विधागत योगदान ठुलो कुरा भएको स्मरण गराउँदै उहाँले मधुपर्क सम्मानबाट सम्मानित हुने अवसर पाउनुलाई झन् ठुलो उपलब्धिको संज्ञा दिनुभयो । नेपाली वाङ्मय र साहित्यको विकास तथा विस्तारमा मधुपर्क सबै सर्जकको आकर्षणको केन्द्र रहेको विचार व्यक्त गर्दै प्रमुख अतिथि प्राडा त्रिपाठीले आगामी दिनमा मधुपर्कको सान्दर्भिकता अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यव्रmममा, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले वरिष्ठ साहित्यकारहरूलाई सम्मान गर्न पाउनुले आजको दिन नै पवित्र दिन लागेको विचार व्यक्त गर्दै नेपाली साहित्यमा अनवरत  सिर्जनाका सुगन्धहरू फैलाउने मूर्धन्य साहित्यकारहरूप्रति अगाध प्रेम, सम्मान  र सद्भाव प्रकट गर्नुभयो । साहित्यमा लामो अनुभव सँगाल्नु भएका वरिष्ठ साहित्यकारहरूको माया र स्नेहले नै मधुपर्क अझै परिष्कृत र परिमार्जित बनेको धारणा राख्दै मधुपर्क सम्मानको यो सुखद् निरन्तरताले आगामी दिनमा नयाँ पुस्तालाई समेत प्रेरणादायी मार्गनिर्देश गर्ने पनि उहाँले बताउनुभयो । कार्यकारी अध्यक्ष सुवेदीले मधुपर्कका साहित्यिक शृङ्खलाहरूमा जोडिनुभएका सबै मूर्धन्य साहित्यकारहरू गोरखापत्रका लागि पुँजी तथा प्रतिष्ठा हुनुहुन्छ भन्दै डिजिटल प्लेटफर्ममार्फत पनि स्रष्टाका सिर्जनालाई विश्वभरि पु¥याइने लक्ष्य लिइएको जानकारी दिनुभयो । 

महाप्रबन्धक लालबहादुर ऐरीले आआफ्नो विधामार्फत समाजमा अलग्गै पहिचान बनाउन सफल सम्मानित मूर्धन्य व्यक्तित्वहरूलाई सम्मान गर्न पाउनु ठुलो अवसर भएको बताउनुभयो । हरेक वर्ष सम्मान गरिने मधुपर्क सम्मानले साहित्यिक लेखनको सम्मान बढाएको छ भन्दै उहाँले नेपाली साहित्यमा मधुपर्कले अलग्गै पहिचान बनाएकै कारण संस्थानका अन्य प्रकाशनहरूको पनि विश्वसनीयता, स्तरीयता र भरोसा बढेकोप्रति गर्व गर्नुभयो । मधुपर्क सम्मान कार्यव्रmमसँगै यस वर्षदेखि केही फरक तरिकाले साहित्यका कुनै विधामा स्रष्टाहरूबिच छलफल गर्ने नयाँ कार्यव्रmमको सुरुवात गरिएको बताउँदै महाप्रबन्धक ऐरीले आउने दिनमा साहित्यका विविध सवालमा बहसका माध्यमबाट गहन छलफल गरी दिशानिर्देश गर्न सकिने र पुराना अनभुवभहरू नयाँ पुस्तालाई हस्तान्तरण गर्न सहज हुने धारणा राख्नुभयो ।

“बोल्न नसक्नेहरूका लागि पनि साहित्य माध्यम बन्न सकोस्, अदृश्य र अव्यक्त कुराहरू पनि भाव र  सिर्जनाबाट व्यक्त हुन सकून्,” महाप्रबन्धक ऐरीले साहित्यकार झमक घिमिरेको सिर्जनात्मक क्षमतालाई उद्धृत गर्दै “मधुपर्क साहित्यिक रचनामार्फत् बहुआयामिकता प्रवर्धन गर्न सक्ने सेतु बन्न सकोस्” भनी शुभकामना दिनुभयो । 

मधुपर्क स्रष्टा सम्मान २०८१, चयन उपसमितिका संयोजक, वरिष्ठ साहित्यकार पुष्कर लोहनीले मधुपर्क प्रकाशनको सुरुवाती समय २०२५ सालदेखि सुरु भएको कथा लेखनको जगले नै अहिलेसम्म  निरन्तर यही विधामा योगदान गर्न सकिएको आफ्ना अनुभव सुनाउँदै मधुपर्क सम्मानको थालनीले साहित्य लेखनमा अझै विविधता र लेखनमा नयाँपन  भिœयाउन सफल भएको धारणा व्यक्त गर्नुभयो । पुराना पुस्ताको अनुभव नयाँ पुस्ताका लागि हस्तान्तरण गर्न रिफरेन्सका लागि पनि साहित्यका महìवपूर्ण दस्ताबेजलाई  ‘कोर्स अफ स्टडी” नै बनाउनु पर्नेमा जोड दिँदै उहाँले वरिष्ठ साहित्यकारहरूका सिर्जना पाठ्यक्रममा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

नेपाली साहित्यमा समालोचना, आख्यान, उपन्यास, कथा र कविता विधामा प्रसिद्ध सम्मानित व्यक्तित्वहरूको नामले नै व्यक्तित्व झल्काउँछ भन्दै परम्परागतभन्दा भिन्दै उहाँहरूका सिर्जना र क्षमताका विशिष्ट पाटोे अनि रचनाका बेग्लै धारको व्याख्या गर्दै साहित्यकार प्रमोद प्रधानले यस्तै प्रतिभा र सिर्जनाले  नै नेपाली साहित्य धानिएर अघि बढेको बताउनुभयो । मधुपर्क मासिकबाट नै सुरु भएको सम्मानित तिनै जना व्यक्तित्वहरूकोे अविच्छिन्न साहित्यिक यात्रा र मधुपर्क सम्मानबारे पनि उहाँले टिप्पणी गर्नुभएको थियो । 

मधुपर्क मासिकका नि. सम्पादक त्रिभुवनचन्द्र वाग्लेको सभापतित्वमा सम्पन्न कार्यव्रmममा वाग्लेले साहित्य सिर्जनामा जीवनभरि समर्पणको भावले लागि पर्न‘भएका सम्मानित साहित्यकारहरू समाजबाट स्वतः पुरस्कृत भइसक्नुभएको सन्दर्भ उल्लेख गर्दै मधुपर्क सम्मानमार्फत् उहाँहरूको  प्रतिभाको सम्मान र कदर गर्न पाउँदा उमङ्ग प्रकट गर्नुभयो । साथै मधुपर्क मन्थन जस्तो कार्यव्रmमले संवादको संस्कृति बसाउने विश्वास व्यक्त गर्नुभयो । 

कार्यव्रmममा प्रमुख अतिथि प्राडा त्रिपाठी, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरीले संयुक्त रूपमा सम्मानित सर्जकलाई जनही पचास हजार रुपियाँ, सम्मानपत्र तथा खादामालासहित मधुपर्क सम्मान, २०८१ प्रदान गर्नुभएको थियो । 

औपचारिक र ‘मधुपर्क मन्थन” गरी दुई चरणमा सम्पन्न कार्यव्रmममा साहित्यका विविध विधामा योगदान पु¥याउँदै आउनुभएका दर्जनौँ विशिष्ट साहित्यकारहरूको सहभागिता थियो । 


स्रष्टा, सम्मान र उद्गार 

वरिष्ठ समालोचक, प्राध्यापक. कृष्ण गौतम मधुपर्क सम्मान, २०८१ (गद्य) बाट सम्मानित 

मधुपर्क जति पुरानो हुँदै गएको छ त्यति नै यसमा रङहरू थपिएका छन् । सिर्जनाहरूमा विधागत विविधता  सजिएको छ । साहित्यकारका लेखनमा नयाँ नयाँ सपना जोडिएका छन् । जहाँ ज्ञानको विस्तार, उत्पादन र वितरणको एउटा प्रव्रिmया चलिरहेको छ । 

सयौँ साहित्यकार मधुपर्ककै कारण पनि जन्मिएका छन् । सयौँ विचारहरू जन्मिएका छन् । जसमा विचार विवेचना गर्न पाइएको छ ।  मानिसहरूलाई शारदा, रूपरेखा हराएर पनि  मधुपर्कको निरन्तरताले साहित्यलाई सशक्त बनाएको छ । त्यसैले मधुपर्क निरन्तर र समावेशी तरिकाले अघि बढेको छ ।

वरिष्ठ कवि मञ्जु काँचुली, तिवारी

मधुपर्क सम्मान, २०८१ (पद्य) बाट सम्मानित 

म मुधपर्कको पहिलो प्रकाशनमै २०२५ सालमा जोडिन पाउँदा र आज यहाँसम्म आइपुग्दाको मेरो निरन्तर यात्रामा कतै पूर्णविराम लागेको छैन । सिर्जनात्मक भावहरू वेग जसरी नै आएका छन् ।  आफूूभित्र बलियो आत्मविश्वास र निरन्तरता नभई कवि बनिदैन । बाह्य र आन्तरिक जगत्बाट निस्केको भावनात्मक कलात्मक  प्रस्तुति नै कविता हो । 

कविता किन लेख्नेभन्दा यो समाज रूपान्तरणका लागि, चेतनाका लागि, स्वयं सुखका लागि मनोविज्ञानसहित लेखिने विधा हो । कविता किन लेख्ने ? के हो कविता ? बारम्बार धेरैले प्रश्न गर्छन् । मेरो विचारमा  कविता चेतनाका लागि मनोविज्ञानका लागि हो । जसले समाज रूपान्तरण गरोस्, योगदान दिन सकोस् । कवितामा कला हुनु पर्छ । त्यो कला कविताको विशेषता हो । कलात्मकताबिना साहित्य अधुरो हुन्छ । कलाका विशेषताहरू कलाको  दृष्टिकोणमा सजिएको होस् । मधुपर्क सम्मानको यो निरन्तरताले आउने दिनमा नयाँ पुस्ता र नयाँ लेखकहरूको पनि कदर हुँदै जाओस् ।   

साहित्यकार किशोर पहाडी 

मधुपर्क सम्मान, २०८१ बाट सम्मानित 

हरेक वर्ष अग्रजदेखि अनुज पुस्ताका रचना प्रकाशन गरेर मधुपर्कले नेपाली साहित्यको श्रीवृद्धिमा पु-याएको योगदान अतुलनीय छ । लेखेका कुरा छपाउने सिलसलामा विसं २०३७ सालमा मधुपर्कमा ‘घरखण्डहर” कथामार्फत जोडिएँ । यो कालखण्डमा अनेकौँ लेखनका  सिर्जनाले नेपाली साहित्यलाई धन्य बनाउन पाएँ । धेरै रहर र थोरै जिम्मेवारीका बिचमा पनि उत्कष्ृट साहित्य सिर्जना गर्न सकिन्छ भन्ने कुराको म आफैँ नै उदाहरण हुँ । मधुपर्कद्वारा गरिएको सम्मानले मलाई थप जिम्मेवारी बोध भएको छ । 

मधुपर्क मन्थन

मुधर्पकको ५७ औँ वार्षिकोत्सव तथा सम्मान अर्पण कार्यव्रmम, २०८१ को दोस्रो चरण अन्तर्गतको  ‘मधुपर्क मन्थन” कार्यव्रmममा मूलतः निम्न दुई शीर्षकमा घनिभूत छलफल भयो । 

क. ‘वर्तमान नेपाली साहित्यमा आख्यान: अवस्था, यात्रा र गन्तव्य”

ख. ‘वर्तमान नेपाली साहित्यमा कविता (पद्य) अवस्था, यात्रा र गन्तव्य”


‘वर्तमान नेपाली साहित्यमा आख्यान: अवस्था, यात्रा र गन्तव्य”

द्रष्टा वक्ता प्राडा दयाराम श्रेष्ठ

‘वर्तमान नेपाली साहित्यमा आख्यान : अवस्था, यात्रा र गन्तव्य” का सन्दर्भमा मधुपर्कमा प्रकाशित केही कथालाई आधार मानेर, त्यसलाई विश्लेषण गरेर, तथ्य जम्मा पारेर, सिद्धान्त लगाएर तयार पार्दा  विभिन्न कालखण्डमा भेटिएका साहित्यिक विषयहरूलाई मनन गर्दा प्रतिकात्मकरूपमा रातो र पहेँलो निलो रङका कथा भेटिएको  द्रष्टा वक्ता प्राडा श्रेष्ठले खुलासा गर्नुभयो ।

यी रङसँग उहाँले लेखकको साहित्यिक भावलाई समयक्रम अनुसार अति नै रमाइलो तरिकाले प्रस्तुत पनि गर्नुभयो ।  मुधपर्कका कथामा मैले पहेँलो रङ पाएँ । यो प्राइमरी नभएर सेकेन्डरी रङ थियो । किनभने गाढा रातो र निलो रङ घोल्दा पहेँलो बन्छ । अब पहेँलोलाई बुझ्न रातो र निलोको अर्थ बुझ्नु पर्छ भन्दै उहाँले साहित्यकारहरूले उजागर गर्न खोजेका विषयलाई अति नै रमाइलो तरिकाले उठान गर्नुभयो । 

प्रस्तुतिकै व्रmममा उहाँँले भन्नुभयो, “मधुपर्कमा प्रकाशित कथामा क्रान्तिका कुरा, समाज परिवर्तन र रूपान्तरणका कुराका उठान भएका छन् ।” के त्यो रातोको सङ्केत होइन र ? कति द्वन्द्व मात्र गर्ने, अब त हामी शान्ति चाहन्छौँ भन्ने किसिमले शान्तिको वकालत गर्ने (निला) कथा पनि नेपाली साहित्यमा प्रशस्त लेखिएको उदाहरण उहाँले दिनुभयो  । शान्ति  निलोको सङ्केत थिएन र ? तपाईं हामी नै हो, जीवनबाट निरास भएको, दुःख र पलायनका कुरा गरेको । फेरि जीवनमा उत्साह, उमङ्ग हुनु पर्छ भनेर तपाईंहरूले समय समयमा आशावादीका कुरा गरेको । के त्यो पहेँलो रङ होइन र ? यसरी नै डा. श्रेष्ठले आफ्नो विश्लेषणमा मधुपर्कमा समय, देश, काल र परिस्थिति अनुसार प्रकाशित साहित्यका धेरै विषयलाई यसरी नै रङको प्रतिकात्मकताले सिँगारेर उपस्थित सबैलाई रङसँग लेखकीय भाव र विषयको सङ्केत गर्नुभयो । 

अब पहेँलो रङको कुरा गरिरहँदा उहाँले भन्नुभयो, पहेँलोमा हरियो र निलो मिसाउँदा सुन्तले अर्थात् प्रेमिल रङ बन्ने गर्छ । हाम्रा कथा र कविताका विषय जहाँ माया, प्रेम, प्रणय, उत्कर्षका रोमाञ्चक अनि रमाइला प्रसङ्ग थिए । के त्यो प्रेमिल होइन र ? डा. श्रेष्ठको प्रस्तुतिको निष्कर्ष थियो, इतिहास दोहोरिन्छ भने झैँ, मधुपर्कमा  १९९० को दशकबाट सुरु भएको आधुनिक नेपाली कथाको एउटा धार दुई हजारको दशक पार गरेर २०१० पछि टुङ्गियो । यो यर्थाथवादको युग थियो । सबै कथाकारले समाजको यथार्थबारे लेखे, अहिले त्यही दोहोरिएको छ । विश्वेश्वरप्रसाद कोइराला, गुरुप्रसाद मैनाली छैनन्, राणाकाल छैन, प्रकृति भिन्दै छ तर समाजका यथार्थहरू कोट्याउने सिलसिला भने अहिले पनि निरन्तर छ । साहित्यमा मिसिने रङहरूले पनि प्रतीकात्मक रूपमा भाषा बोलेको हुन्छ । यसको अर्थ हो, साहित्य अब बुहुरङ र आकारमा आउँदैछ । साहित्यको पनि अनुसन्धान गर्न सकिन्छ । कथा, कविताहरू किन रातो, पहेँलो, हरियो, निलो लेखियो भन्ने कुरा पनि खोजीको विषय बन्न सक्छ ।

 

‘वर्तमान नेपाली साहित्यमा कविता (पद्य) अवस्था, यात्रा र गन्तव्य”

द्रष्टा वक्ता प्राडा लक्ष्मणप्रसाद गौतम

“वर्तमान नेपाली साहित्यमा कविता (पद्य) अवस्था, यात्रा र गन्तव्य” का द्रष्टा वक्त प्राडा लक्ष्मणप्रसाद गौतमले सन्दर्भमा अहिले समाज, समय र मान्छेलाई  सम्बोधन गरेर अधिकांश कविता लेखिन्छ तर त्यसलाई पस्कने कसरी ? त्यसको प्रस्तुति, सौन्दर्य र गुणात्मकताको भने अत्यन्तै कमी भएको उहाँको ठहर थियो । वर्तमान नेपाली कविताको अवस्थाको कुरा गर्दा उहाँ साधक भएर अनि स्रष्टा भएर कविता पढ्न सुझाउनुहुन्छ । कविता एउटा मस्तिष्क र हृदयले पढिन्छ भने अर्कौ दुवैले पढिन्छ तर हामीले हृदयले पढ्ने कविता सिर्जना गर्नु पर्छ भन्नुभयो । 

अहिलेका कविको रोजाइ र कविताका विषय समसामयिक  विकृति, विसङ्गति, राजनीतिसँगै विज्ञान, दर्शन, जीवन र प्रकृतिमा कलम चलाएका सङ्ख्यात्मक कविताहरू धेरै भए पनि टाढैबाट चिनिने कवि र कविताका पहिचान भएका कविता भने अत्यन्तै कमी छ । अध्ययनका व्रmममा उहाँको आँकलन  थियो– अहिलेको कवितामा विज्ञान र प्रविधको प्रयोग छ । कविताले सङ्केत गर्ने हुनाले  सङ्केतको ध्वनित अर्थ बुझ्न तेस्रो नेत्र हुनु पर्छ । पहिचानको स्वर हुनु पर्छ । त्यसका लागि अब पाठक आफैँ सचेत हुनु पर्छ । 

आफूले  कविताको इतिहास लेखिरहँदा  खोजी गरिएका कविमध्ये सबैको मधुपर्कमै पहिलो रचना छापिएको स्मरण गर्दै उहाँले ३० को दशकमा मूल प्रवाहमा पुग्ने कविहरूको सङ्ख्या थोरै भएको र  २९०० कविका  कविता पढिरहँदा  २०४६ साल यताका कविहरूमध्ये कमै कविको मात्र नाम लिन सकिने कविताहरू पाइएको बताउनुभयो ।  अबको नेपाली साहित्यमा कविताको भावी दिशा के होला  ? कविता पढ्ने पाठक नै सचेत हुनु पर्छ । पाठकको नाताले लेख्नेहरू मिसिँदै गएका छन् । बिम्बहरू पनि थपिँदै गएका छन् । त्यसैले कवितामा पनि नयाँ नयाँ आयाम थपिने व्रmम छ । उहाँको बुझाइको निष्कर्ष थियो ।


“वर्तमान नेपाली साहित्यमा कविता (पद्य) अवस्था, यात्रा र गन्तव्य”

कवि तथा स्रष्टा वक्ता, श्यामल अधिकारी 

“वर्तमान नेपाली साहित्यमा कविता (पद्य) अवस्था, यात्रा र गन्तव्य” का स्रष्टा वक्ता कवि श्यामल अधिकारीले कविता लेख्दा म मेरो समयसँग संवाद गर्न चाहन्छु भन्नुभयो ।  मलाई महाकवि बन्नु छैन, ब्रह्माण्ड विज्ञानबारे परम्परादेखि हाम्रा कविताहरू जीवन्त हुनु पर्छ, इमानदारी हुनु पर्छ भनिएको छ, इमानदारीपूर्वक कलामार्फत अभिनय गर्छ‘ तर डराएर होइन” उहाँले स्पष्ट गर्नुभयो । ‘मधुपर्क मन्थन’ नयाँ परम्परा हो भन्दै उहाँले मन्थनमा नेपाली साहित्यको वर्तमान अवस्थाबारे गहन विश्लेषण हुनुपर्ने आवश्यकता छ भन्नुभयो । विशेष वक्ताका रूपमा रहनुभएका कवि श्यामलले कार्यव्रmममा आफ्नो अनुभव सुनाउनुभयो, “नेपाली समालोचनाका दुई धार छन् ।” यस्ता धारलाई उहाँले त्रिपाठीकृत र त्रिपाठीइतर भएको विचार व्यक्त गर्नुभयो । यो प्रवृत्तिमा समस्या रहेको उहाँले औँल्याउनुभयो । उहाँका अनुसार कविता लेखनमा पनि समस्या छ । कथामा पात्र देखाइदिए पुग्छ तर कवितामा नदेखी लेख्ने प्रवृत्ति छ । नदेखी लेख्नेहरू बढी छन् । “कविता लेखनका सन्दर्भमा हृदय र मस्तिष्कले सँगै काम गर्छन् तर हृदयबिनाको मस्तिष्क र मस्तिष्कबिनाको हृदयले काम गर्दैन” उहाँले भन्नुभयो  । कवि देवकोटा र बालकृष्ण समलाई उहाँले तरल गद्यकारको संज्ञा दिनुभयो । 

अहिलेको समयमा नेपाली कविता नेपाली संस्कृतिको सबैभन्दा ठुलो व्यङ्ग्य भएको छ भन्दै उहाँले अहिले लेखिएका सबै कविता ‘कविता’ होइनन्, ९९ प्रतिशत कविका कविता, ‘कविता’ जस्तै नभएको टिप्पणी गर्नुभयो  । डरबिनाका निडर कविता लेख्न सकिन्छ, समाजसँग र राजनीतिसँग पनि डराएर होइन, निडर भएर मात्र कविता लेख्न सकिन्छ भन्दै उहाँले विभिन्न उदाहरण प्रस्तुत गर्नुभयो ।  कवितामा कविताकै भाषा हुनु पर्छ । कवितामा स्वपहिचान र निजत्व हुनुपर्ने विचार राख्दै कवि श्यामलले गजल कविताको विशिष्ट हाँगा हो, हरेक भाषाको संस्कृति हुन्छ, हरेक भाषामा संस्कृतिको विशिष्ट छाप हुनु पर्छ  भन्नुभयो । सिको गर्ने प्रवृत्तिले इमानदारिता देखाउँदैन भन्दै उहाँले पछिल्लो समय साहित्य सिर्जनामा पनि सिको गर्ने प्रवृत्तिले कविता स्तरीय नभएका उहाँको बुझाइ थियो । 


‘वर्तमान नेपाली साहित्यमा आख्यान :अवस्था, यात्रा र गन्तव्य’

कथाकार तथा स्रष्टा वक्ता, सीता पाण्डे

‘वर्तमान नेपाली साहित्यमा आख्यान : अवस्था, यात्रा र गन्तव्य’ का स्रष्टा वक्ता कथाकार सीता पाण्डेले नेपाली भाषा, संस्कृति र साहित्यले नै हामी विश्वमा अरूभन्दा फरक भएका हौँ भन्नुभयो । यिनै संस्कृतिका कारण विश्व साहित्यमा पनि हाम्रो अलग्गै  पहिचान छ भन्दै कथाकार सीता पाण्डेले नेपाली साहित्यकै कारण विश्वमञ्चमा नेपाली भनेर चिनिने माध्यम बनेको बताउनुभयो । 

मधुपर्कले नेपाली साहित्यमा निरन्तर पु-याएको योगदानको चर्चा गर्दै उहाँले साहित्य सिर्जनामा विविधता भए पनि साहित्यकारहरूलाई साहित्यको फूलबारीमा समेट्ने काम गर्दै आएको मधुर्पक नै साहित्य सिर्जनाको प्रेरणा भएको धारणा राख्नुभयो । 

मधुपर्कमार्फत पनि हामीले विश्व साहित्यमा आफूलाई प्रस्तुत गर्न सकेको छौँ भन्दै उहाँले  ‘हाम्रो लेखनको जग अर्थात् सुरुवात मधुपर्कबाटै भएको उदाहरण दिनुभयो । 

नेपाली साहित्यले इतिहासका कालखण्डहरूसँगै उठान गरेका कथाका नेपाली साहित्यमा क्रान्तिकारी कथाहरू लेखिए भन्दै गर्दा अब त्यही ठाउँमा राता रङका कथाहरू लेखिएका थिए भनिए भने के होला ? उहाँले नेपाली कथाका विषयवस्तुले कुनै न कुनै रूपमा कुनै समयको र सन्दर्भको प्रतिनिधित्व गरिरहेको प्रसङ्गलाई पनि जोड्नुभयो ।  मधुपर्क