• १३ साउन २०८१, आइतबार

नवनियुक्त गृहमन्त्री लेखकद्वारा पदभार ग्रहण

blog

सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुहुँदै गृहमन्त्री रमेश लेखक । ।तस्बिर : विमलबहादुर विष्ट

काठमाडौँ, असार ३१ गते। नवनियुक्त गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गर्नुभएको छ।राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो।

रमेश लेखक नेपाली काँग्रेसका बौद्धिक र प्रभावशाली नेताको रुपमा परिचित हुनुहुन्छ।उहाँ नेपाली कांग्रेसको तर्फबाट २०४८, २०६४, २०७० र २०७९ को निर्वाचनमा उहाँ सांसद निर्वाचित हुनुभएको छ ।



प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उहाँ  कञ्चनपुर प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको हो।उहाँले ३० हजार ५२३ मत पाउनुहुँदा एमालेका निरुदेवी पालले १८ हजार ४४८ मत मात्र पाउनुभएको थियो।