• १३ साउन २०८१, आइतबार

भानुभक्तद्वारा भाषा र साहित्यकाे माध्यमबाट राष्ट्रिय एकता प्रवर्द्धन : पूर्वराष्ट्रपति भण्डारी

blog

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी । फाइल तस्बिर

काठमाडौँ, असार २९ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भानुभक्त आचार्यले भाषा र साहित्यकाे माध्यमबाट राष्ट्रिय एकताको प्रवर्द्धनका लागि पुर्‍याउनुभएको विशिष्ट योगदानको स्मरण गर्नुभएको छ । 

आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीका अवसरमा आज पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत भानुभक्त आचार्यद्वारा नेपाली भाषामा अनुवाद गरिएको वाल्मीकि रामायणले विविध भूगोल, जातजाति, संस्कार र संस्कृति अँगालेका नेपालीबिच अपनत्वको भावना र साझा मनोविज्ञानको निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको छ । उहाँले आचार्यप्रति सम्मान प्रकट गर्ने विशेष दिनका रूपमा भानु जयन्तीलाई ग्रहण गर्नुपर्ने बताउनुभयो । रासस