• १२ साउन २०८१, शनिबार

जर्मनीमा नेपाली भाषा, साहित्य समारोह

blog

काठमाडौँ, असार २८ गते । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनीसँग आबद्ध साहित्यकारहरूले नेपाली भाषा साहित्य समारोह आयोजना गरेका छन् । ओझेलमा परेका भाषा र संस्कृतिको विकास, प्रवर्धन गर्न कार्यक्रमको आयोजना गरिएको गैर आवासीय नेपाली सङ्घ जर्मनका अध्यक्ष निम्मा राईले जानकारी दिनुभयो । 

अनेसास जर्मनी च्याप्टरले जर्मनीको बाइरुथमा आयोजना गरेको वृहत साहित्य समारोहमा बोल्ने अधिकांश वक्ताहरूले नेपाली भाषा झैँ मैथिली, भोजपुरी, नेवारी लगायतका अन्य भाषा, भाषी र तिनका संस्कृतिको संवर्द्धनमा जोड दिनुपर्ने कुरामा जोड दिएका थिए । 

जर्मनीका विभिन्न सहरमा बसोबास गर्दै आएको नेपाली साहित्यकारहरूको उपस्थिति रहेको सो समारोहमा विदेशमा रहेका नेपालीहरूले नेपाली भाषा सहित ओझेलमा परेको अरू भाषाहरूलाई पनि आआफ्ना बस्ती र समाजसम्म प्रचार प्रसार र प्रयोग गर्नुपर्नेमा बिचार व्यक्त गरेका छन् । 

कार्यक्रममा साहित्यकार डा. यज्ञराज अधिकारीले विदेशमा बसेर नेपाली भाषाको उन्नयनमा लाग्नु आफ्नो प्रमुख कर्तव्य ठानेर सबैले काम गर्नुपर्ने बताउनुभयो । उहाँले हाइकुका विषयमा चर्चा गर्दै आफ्ना केही हाइकुहरू पनि वाचन गर्नुभयो ।