• २१ जेठ २०८२, बुधबार

पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्दै नेपालका लागि केन्याका गैर आवासीय राजदूत मुन्यिरी पिटर । तस्बिर : राष्ट्रपतिको कार्यालय

काठमाडौँ, जेठ १९ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि हालै नियुक्त भएका पाँच मुलुकका गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

सोमबार राष्ट्रपति भवन, शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति पौडेलसमक्ष प्रस्तुत गरेका हुन् । 

राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्ने राजदूतहरूमा नेपालका लागि केन्याका मुन्यिरी पिटर, जोर्डनका युसेफ अब्देलगानी, जिम्बाब्वेका स्टेला एनकोमो वाहग्न, डेनमार्कका रासमस एबिलगार्ड र उरुग्वेका आल्बेर्टो ए. ग्वानी हुनुहुन्छ ।

समारोहमा  परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। 

राजदूतहरूलाई काठमाडौँस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म नेपाली परम्पराअनुसार रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो, जसले नेपालको कूटनीतिक सम्मान र सांस्कृतिक गरिमालाई झल्काएको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेले दिनुभयो ।