• १२ साउन २०८१, शनिबार

निर्मला र कौशिला डिस्याबिलिटी क्विन

blog

काठमाडौँ (गोरखापत्र), असार २८ गते । अपाङ्गता भएका व्यक्तिको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित ‘मिस एन्ड मिसेज डिस्याबिलिटी क्विन २०२४’ को उपाधि निर्मला भण्डारी र कौशिला विष्टले जित्नुभएको छ । काठमाडौँ काँडाघारीकी निर्मलाले बेस्ट पर्सनालिटीको उपाधिसहित मिस डिस्याबिलिटी क्विन र सुदूरपश्चिमकी कौशिलाले मिसेस डिस्याबिलिटी क्विनको उपाधि जित्नुभएको हो ।

प्रतियोगितामा हेटौँडाकी रोजिना स्याङ्तान प्रथम उपविजेता र दोलखाकी निर्माया मगर बेस्ट स्व्रिmन उपाधिसहित द्वितीय उपविजेता बन्नुभएको छ । ग्रिनआटर््स मिडिया प्रालिद्वारा मङ्गलबार साँझ राजधानीमा आयोजित प्रतियोगितामा शोभा श्रेष्ठ (बेस्ट पफर्मेन्स), बिनु थापा (मस्टपपुलर), रेवती कार्की (मस्ट ट्यालेन्ट), सानुकाँची तामाङ (मस्ट इस्पाइरिङ), मैया बिसुङ्खे (बबली पर्सनालिटी), उमा भुजेल (बेस्ट डिसिप्लिन), सुनमाया माझी (मस्ट हम्बल), राजिता खड्का (बेस्ट स्माइल), मीना मगर (मस्ट चार्मिङ), रोशनी थापा (मस्ट ब्युटिफुल), बुद्धिकुमारी यारी (मस्ट अमेजिन), शोभा थापामगर (मस्ट ग्ल्यामर), कौशिला विष्ट (मस्ट कन्फिडेन्ट), अस्मिता पौडेल (मस्ट फोटोजेनिक), सम्झना भुजेल (मस्ट फ्रेन्ड्ली) र रोजिना स्याङ्तान (बेस्ट हेयर) ले विभिन्न विधाका उपाधि जित्नुभएको छ ।