• १२ साउन २०८१, शनिबार

डा. रुद्रराज अधिकारीको मौलिक तीज गीत

शान्तिश्रीको स्वरमा यसपालिको तीजमा सार्वजनिक

blog

काठमाडौँ, असार २७ गते। गायिका शान्तिश्री परियारको स्वर रहेको यसपालिको तिजमा गीतको भिडियो सार्वजनिक भएको छ। हिन्दु नेपालीको विशेष पर्व तीज नजिकिएसँगै ज्योतिष पण्डित डा. रुद्रनाथ अधिकारीको शब्द सिर्जनामा तयार भएको गीतको भिडियो सार्वजनिक भएको हो। 

गाउँ घरमा तीजको समयमा गरिने रमाइलोलाई देखाउँदै भगवान् शिवलाई यस विशेष पर्वमा खुसी पार्ने कुरा र माइत गएकी चेलीका लागि आमाको महत्त्वलाई गीतकार डा. अधिकारीले वर्णन गर्नुभएको छ।

सार्वजनिक गीतमा रिमेशकुमार थापाले सङ्गीत गर्नुभएको छ। तीज गीतमा देखिएको विकृतिलाई तोडेर मौलिक गीत ल्याएको निर्माण युनिटले बताएको छ। 

कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको सार्वजनिक गीतमा  मोडल अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ। उत्सव दाहालले छायाङ्कन गरेको भिडियोको सम्पादनमा विकाश ज्ञवालीले मेहनत गर्नुभएको छ। 

गीत डा. अधिकारी अफिसियल च्यानलबाट सार्वजनिक भएको हो।