• १२ साउन २०८१, शनिबार

उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा दुईको मृत्यु , १८ जनाको उद्धार

blog

अबुजा, असार २५ गते । नाइजेरियाको उत्तरी राज्य जिगावामा आइतबार अबेर राती काठको डुङ्गा पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जिगावाका प्रहरी प्रवक्ता लावन शिसुले सोमबार पत्रकारहरूलाई भन्नुभयो,“करिब २० स्थानीय व्यापारीको समुह बोकेको डुङ्गा औयो स्थानीय सरकारी क्षेत्रको हडिन गाउँतर्फ जाँदै गर्दा क्वालगाई नदीमा पल्टिएको थियो । त्यस घटनामा कम्तीमा दुई जनाको ज्यान गएको छ भने १८ जनालाई उद्धार गरिएको थियो ।”

प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै उहाँले थप्नुभयो,“ शक्तिशाली छालहरू र चालकले क्यानो चलाउन नसक्ने र हदसम्म ओभरलोडिङका कारण घटना भएको थियाे । रासस/सिन्ह्वा