• १२ साउन २०८१, शनिबार

पहिरोले घर पुरिँदा एकको मृत्यु, तीन घाइते

blog

जयमान बुढामगर

रुकुमपूर्व, असार २५ गते । रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ मा पहिरोले घर पुरिँदा एकको मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् । सिस्ने–१ दल्लुगैरामा गएराति पहिरोले घर पुर्दा ११ वर्षीय बालक सरगम बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

लगातार वर्षासँगै गएको पहिरोले घर पुरिँदा सोही घरका ४० वर्षीय कर्णबहादुर बुढा, ३८ वर्षीया गम्मा बुढा र ९ वर्षीया तिलसरा बुढा गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । 

घाइते तीनै जना बोल्न नसक्ने अवस्थामा रहेको डीएसपी खरेलले बताउनुभयो । घाइतेलाई उपचारको लागि सिस्ने–२ को नायगाड स्वास्थ्य चौकी ल्याइ राखेको उहाँले बताउनुभयो । त्यहाँ उपचार हुन नसकेमा थप उपचारका लागि रेफर गरिने खरेलले बताउनुभयो ।