• २० असोज २०८१, आइतबार

फूलबारी रिसोर्ट

blog

उसलाई आफ्नो घर हेर्न मन लाग्यो, आफ्नो घर । मान्छेलाई आफ्नो घरको चाहना हुन्छ, आफ्नो घरको । डेरामा बस्नेहरू पनि घरको सपना देख्छन्, कुनै दिन घर बनाएर बस्ने रहरले उनीहरूलाई तानिरहन्छ । आमा र भाइका साथ शान्ति आफ्नो घर हेर्न आई । चर्न गएका गाईवस्तुहरू गोठतिर फर्कन्छन्, टाढा पुगेका चराचुरुङ्गीहरू गुँडमा आएर विश्राम गर्छन् । दुई वर्षपछि विदेशबाट फर्केर आएकी शान्ति शर्मालाई एक पटक घर पुग्ने इच्छाले ततायो । घर घरै हो जहाँ मानिसहरू जीवन बिताउँछन् । 

रित्तो घर, झ्यालढोका बन्द, यता र उता माकुराको जालो, धुलैधुलो, के हेर्नु, उराँठ लागेर आयो, घरवरिपरि झाडी, खेती गर्ने कोही छैन । यस घरमा उसले दुई दशकभन्दा पनि अझ धेरै वर्ष बिताई । त्यो रित्तो घरलाई उसले ट्वाल्ल हेरिरही । त्यो घर उसलाई उसै गरी हेरिरहेछ ! बोलचाल बन्द ! घरभित्र थोरै पसेर जब उसले यताउति हेरी तब त्यसले “आयौ ?” भनेर बोलाए जस्तो लाग्यो । सपना ! कस्तो सपना ! दुःखको सपना ! ऊ बाहिर निस्की । 

फर्केर आउन लाग्दा उसले हृदयाघात भई लोग्नेको मृत्यु भएको अस्पष्ट खबर सुनी । छोरो पनि छैन रे छैन, कहाँ गयो छोरो ! जवान छोरो ! लोग्नेले उसलाई विदेश पठाउन चाहेको थिएन । “शान्ति तिमी टाढा किन जान्छ्यौ ? बरु म नै जान्छु, यहाँ घर हेरेर तिमी बस, माइती छन्, छोरो छ, खान लाउन दुःख छैन, विदेश किन जानुप¥यो, थोरै परिश्रमले यहीँ हीरा फल्छ, किन तिमी ढिपी गछ्र्यौ ?” 

छोराले उसलाई विदेश नजान आग्रह ग¥यो । “ममी, हामीलाई के नपुग्दो छ र विदेश जानु ? तपाईं गएपछि म एक्लिन्छु, बुबा एक्लिनुहुन्छ, नरमाइलो घरमा हामी कसरी बसौँ ? जाने नै भए मिलाएर हामी बाबुछोरा पनि उतै जान्छौँ, किन हतारिनु ?”

“बाबु, म केवल दुई वर्षका लागि जाँदै छु, केवल दुई वर्षका लागि, तिमीले बाह्र पूरा गर्न लाग्दा म आइपुगिहाल्छु । बुबाको अर्थोक काम केही छैन, घरको काममा तिमीले उहाँलाई सघाउनू । घरमा मात्र खुम्चेर अबका महिलाहरू बस्दैनन् । हामीले पनि त देशविदेश देख्नै प¥यो । मेरो माइतीतर्पmका तीन वटी महिला विदेश गएर फर्कने बेला भइसक्यो । म नै ढिलाइमा परेँ, पिर नमान, मलाई बिदा देऊ ।”

त्यस बखत भनूँ कि सुरु सुरुमा भनूँ वैदेशिक व्यवसाय दलालको हातमा थियो । सरकारी नियन्त्रण नभएकाले विदेशमा गएर काम गर्न चाहनेहरू विपत्तिको भुमरीमा पर्थे र कति उतै हराउँथे, कति दुःख पाएर फर्कन्थे, कति केही कमाउन सफल हुन्थे । दलालको योजनामा गएकी शान्ति हन्डर खाएर फर्की । ऊ गएपछि फोन सम्पर्क हुन सकेन । घरमा लोग्ने एकतिर झोव्रिmने, छोरो अर्कोतिर । सातौँ महिना लाग्दा नलाग्दै हृदयाघात भएर लोग्नेको मृत्यु भयो, बाबुको काम सक्नासाथ छोरो हिँड्यो, कहाँ गयो, केही पत्तो भएन । 

घर हेरी, न छोरा न लोग्ने, उसले आपैmँलाई धिक्कारी । घरको बायाँतिर एक ठुलो चिप्लेटी ढुङ्गा थियो जहाँ ऊ बसी, आमा र भाइ त्यहाँका छिमेकीहरूसित कुरामा व्यस्त भए । यता शान्ति भने घरधनीको जालमा फस्दा पाएको दुःखमा अल्झेर बेहोस जस्तै हुन पुगी । पुग्नासाथ ऊ अत्यासको भुमरीमा फसी । घर यति अग्लो थियो कि आँखाले त्यसको उचाइ पत्ता लाउनै नसक्ने ? लिफ्टबाट तलमाथि गर्नुपर्ने । ऊ राम्ररी सङ्केत बुझ्दिनँ । चार पाँच वटी अरू आइमाई छन्, ऊभन्दा उमेरमा पाका, के गर्छन् ती, थाह हुँदैन, तिनीहरू शान्तितिर पुलुक्क हेर्छन् तर वास्ता गर्दैनन् । भाषाको तगाराले ऊ नराम्ररी छेकिएकी छ । वैदेशिक धन्दामा सघाउने सबभन्दा ठुलो हतियार भाषा रहेछ भन्ने उसले त्यहीँ पुगेर बुझी ।

मानिसहरूको ओहोरदोहोर चलिरहन्छ । कतिपय पुरुषहरू उसलाई गहिरिएर हेर्छन् । शान्ति राम्री छ यसैले भाले नजरहरू उसतिर तानिएका छन् । ऊ आफ्नो कोठामा कपडा तह लाउँदै छ । एउटा बुढो अकस्मात् भित्र पस्छ । ऊ चलमलाउँछे । ड्याम ड्याम गालामा ऊ शान्तिलाई चड्काउँछ । उसकै चाहनालाई पूरा गर्न मरिमेटेर लाग्नुपर्ने, नग्न, पूरै नग्न ! यौन उन्मादको सङ्ग्राम, कहिल्यै त्यसरी नलडिएको सङ्ग्राम ! भोलिपल्ट दुई युवकसित उसले भिड्नुप¥यो । अर्को कुनै दिन कुखुरे बैँसका किशोरहरूले उसलाई दुःख दिए । महिलाहरूका बिच हुने समयौनिक सम्बन्धबाट पनि ऊ अलग हुन पाइनँ । 

एउटी कामदार महिलाको मृत्यु भयो । मृत्यु हो कि आत्महत्या हो कि हत्या हो, छुट्याउन नसकिन । गर्भवती भएकाले उसको हत्या भएको अनुमान केहीले गरे । सब आइमाईलाई गुटमुटयाएर ठानातिर लगियो । प्रहरी आएपछि एउटी महिलाले हामफालेर आत्महत्या गरी । महिलाहरू सब भयभीत ! सबै महिला समातिए, ठाना घरमा कुव्रmुक्क पारी राखिए । गर्मीले सब भिजेका । एउटी महिला प्रहरीले पङ्खा खोलिदिई, अर्की आएर बन्द गरी । दुई दिनसम्म महिलाहरू केही बिस्कुट र पानी खुवाएर त्यहीँ राखिए । तिनीहरूसित कुनै किसिमको सोधपुछ गरिएन । मृत महिला पाकिस्तानमूलकी थिई । लट्ठीले उसको लासलाई घोच्तै घृणाको स्वरमा भनियो, “हिन्दी हिन्दी” । उतातिर दक्षिण एसियालीहरू हेपिँदा रहेछन्, सायद गरिबीमा डुबेको देखेर । 

वीरबहादुर तामाङले रेगिस्तानको गोठालो भएर पाँच वर्ष बितायो । त्यहाँ गोठालो हुनुभन्दा नेपाली जेलको अपराधी हुनु धेरै सजिलो भन्ने ज्ञान उसलाई तब फुरेको थियो । गोठालाको नाइकेले उसमाथि त्यस्तो व्यवहार गथ्र्यो जस्तो कि पशुमाथि । पहिला पहिला त पशुले भन्दा उसले धेरै दुःख पायो । रेगिस्तानको छेउ टुप्पो कतै देखिँदैन । गर्मी छ, उखर्माउलो गर्मी । कसैसित उसको सम्पर्क छैन । ऊ न भाग्न सक्छ न त सम्पर्क गर्न सक्छ ।

वीरबहादुर आज घर फर्कंदै छ । विमान अड्डामा पुगेर उसले सुटकेसमा नजर लगायो र एक लात दियो । अरू मान्छेले देखे । ऊ केही लजायो । यताउति हे¥यो । अरूले नदेख्ने अनुमान गर्दै फेरि उसले त्यसलाई अर्को लात दिँदै भन्यो, “कसको लागि यो ?” उसले फर्कने बखत छोरीका साथ स्वास्नी हराएको खबर सुन्यो । ऊ घोर चिन्तामा डुबुल्की मार्दै घर फर्किरहेछ । 

“धोकेबाज आइमाई !”

उसले छोरीको अनुहार सम्झ्यो, “के त्यसलाई अब म देख्न पाउन्न ? उसले के पनि सोच्यो भने धेरै वर्ष पर्खन सकिनँ । त्यसै कारण हिँडिहोला । उसले बिचमा बल्लतल्ल आपूm जीवित रहेको र छिट्टै फर्केर आउने खबर पठाएकै हो, घरै छाडेर हिँड्नु कति निर्दयी काम हो ! “आपूm त हिँडी हिँडी, छोरीलाई समेत बिगारिदिई । श्यामप्रसादकी जहानले एउटी छोरीलाई लिएर दस वर्षसम्म घर कुरी । बल्लतल्ल पाँच वर्षपछि खबर आयो । जिउँदै रहेछ भन्ने सबैले थाह पाए । श्यामप्रसाद आएपछि दुई छोरासमेत पाएर ऊ आनन्दसित बसेकी छ । आफ्नो हालत यस्तो !”

ऊ चिन्तामा चोपलिँदै घर आइपुग्यो । उसको घर त लडिसकेछ । ऊ दाइको घरमा बस्न थाल्यो । दाइले भने, “कान्छा बिहे गर्, म केटी खोज्छु, तँ के भन्छस् ?” ऊ बोलेन । बूढी आमाले भनिन्, “बिहे नगरे के जोगी भएर हिँड्छस् त !” जो पनि बिहे गर् त भन्छन् तर केटीको बयान ल्याउँदैनन् । उसले भन्यो, “हतार के छ र ? बिस्तारै गरुँला नि ।” “केटी पाए गरिहाल्नु पर्छ नत्र ऊ उम्कन्छे, भनेका बखत अर्की नपाइएली ।” ऊ बोलेन । 

खास त ऊ वैरागी जस्तो भएको छ । उसलाई बिहेको बन्धनमा अल्झने रुचि भएन । ऊ यता र उता रल्लन्छ र दिन काट्छ । कहिले त खाना खान पनि आउँदैन । बुढीले भनिन्, “कान्छो बिग्रिने भयो ।”

“आमा, मलाई बिहेसिहेको झन्झटतिर नतान, एकचोटि गरेकै हो । अहिले म त्यो झन्झटमा फस्न चाहन्न ।” यता शान्तिको इच्छामा बाटाको नाम शान्तिमार्ग राखियो । उसले पूmलबारी रिसोर्ट खोली । रिसोर्ट भइहाल्यो, पूmलबारीलाई पनि साँच्ची नै सुन्दर बनाइयो, बगैँचे राखेर ।  शान्तिको मनमा थियो “जो बितेर गए ती पूmल, जो आउने छन्, ती पनि पूmल, सबै जातको यो पूmलबारी, सबै आऊन्, आराम गरून्, इच्छा लागे खाऊन्, नलागे पनि एक छिन आराम गरेर फर्कून् ।”

यही कुरा पछि त्यहाँ लेखेर राखियो । 

मानिसहरू आउँथे, बस्थे । 

कोही खानपान पनि गर्थे, कोही आफ्नै वस्तु खान्थे । पूmलबारी रिसोर्ट विज्ञापनबाट झन् चिनिँदै गयो । कयौँ मान्छे विज्ञापन पढेर, सुनेर त्यहाँ आउँथे, फुर्सदको सास फेर्दथे । कतिपय भने खानपानको समेत मजा लिएर टहल्थे । 

शान्तिमार्गमा वीरबहादुर आइपुग्यो । उसकी छोरीको नाम शान्ति, बाटाको नाम शान्ति, साहुनीको नाम पनि शान्ति ! ऊ पूmलबारी घुम्यो, बेन्चमा बस्यो, आराम ग¥यो । पसलहरू, पार्कहरू, होटेल र रेस्टुराँहरू पैसाकै धुनमा हुन्छन्, छिरेपछि पैसा तिर्नुपर्ने, पसलमा किन्नै पर्ने, रेस्टुराँमा खानै पर्ने, पैसा तिर्ने भए पनि शौच गर्न नपाइने ! पैसामुखी धन्दाबाट यो रिसोर्ट ईषत् मुक्त थियो । 

वीरबहादुर माथि गयो । शान्तिसित कुराकानी भयो । दुवैले आँसुमा चोपलिएका आआफ्ना जीवन कथा भने । वीरबहादुरलाई गम्लङ्ग अँगालो मारेर शान्ति धुरु धुरु रोई । वीरबहादुरले दुवै हातमा शान्तिको देहलाई समेटेर उसै गरी आँसु बर्सायो । वीरबहादुर उठ्यो । शान्तिले उसको मुखमा नजर दौडाई र जुरुक्क उठी । वीरबहादुरको हात समातेर एउटा गीत गाई–

बादलपारि आकाशमा को होला त्यो हेर्ने ?

धर्तीमाथि उभिएर को होला त्यो सोध्ने ? 

जहाँ जाऔँ, हामीहरू आँसु झार्नै पर्ने !

जहाँ बसौँ हामीहरू आँसु पिउनै पर्ने !

यसो शिर निहुराएर अभिवादन जस्तो गरी वीरबहादुर सुरुक्क निस्क्यो, निस्क्यो वीरबहादुर, निस्क्यो । त्यसपछि उसको खोज भयो । न कसैले उसलाई देख्यो न त कसैले उसलाई भेट्यो ! 

 मधुपर्क