काठमाडौँ, असार २१ गते ।
राजाले चिन्यामा धारा रानीले नुहाइ गै
छाडी जान्या निर्गुनीले हृदय रुवाइ गै
गाउँगाउँमा इन्टरनेटको पहुँच विस्तारसँगै लाइभ दोहोरी गीतको परिधि फैलँदो छ । सर्जकले आफ्ना प्रतिभा इन्टरनेट माध्यममा राखेर क्षणभरमै विश्वभर पु¥याउन सक्छन् । अछाम मार्कुका टेकबहादुर बोगटीले लाइभ दोहोरी देउडा गाएर धेरैको प्रशंसा बटुल्नुभएको छ । देउडा दोहोरीमा दैलख राकमकर्णालीकी सङ्गीता बडुवालले बोगटीलाई साथ दिनुभएको छ ।
वनपाखा, देउराली, चौतारी, मेला, पर्वमा गाइने दोहोरी अनलाइन मध्याममा समेत उत्तिकै लोकप्रिय मानिन्छ । लोकदोहोरी गीत ‘लाइभ’ हेर्ने बानी बसेका दर्शकका लागि देउडा दोहोरीले फरक मिठास दिएको छ । कर्णाली र सुदूरपश्चिमेली लवज, मिठास, टुक्का र शब्दले रोचकता थपेको छ ।
ठेट नेपाली भाषामा गाइने देउडा दोहोरी गीतमा केटा पक्षलाई छो¥याट्टा र केटी पक्षलाई छो¥याट्टी भन्ने चलन छ । यतिबेला बोगटी र बडुवालको जोडी राजधानीमा लाइभ देउडा दोहोरी गाउन सक्रिय हुनुहुन्छ । उहाँहरूलाई अर्का देउडा गायक गोरख कुँवर ‘दुःखी’ ले साथ दिँदै आउनुभएको छ ।
बोगटीले पछिल्लो पटक सङ्गीतासँगको सहकार्यमा ‘झल्को लाली ओठको’ लोकदेउडा दोहोरी सार्वजनिक गर्नुभएको छ । सुदूरपश्चिम र कर्णालीको स्थनीय भाका र भाषालाई लोकदेउडा दोहोरीमार्फत देश विदेश चिनाउन सक्रिय देउडा गायक बोगटी र बडुवालले पुष्प कुँवरसँगको सहकार्यमा जोवन ढल्की गयो (मान्छे मत ध्यु ) मा पनि स्वर दिनुभएको छ ।
देउडा गीत गायनमा करिब एक दशकदेखि सक्रिय बोगटीलगायत कलाकारको समूहले देउडा गीतलाई लाइभ दोहोरीमा प्रस्तुत गर्न भिडियो निर्माणका साथै स्थानीयस्तरका ठेट शब्द छनोट गर्ने गरेका छन् ।
माथिपाल्त पानी नाउलो भैँसीले पिएन लाइपिरथी छाडीकन जाँन्या मन थिएन