• २१ असार २०८१, शुक्रबार

फलामे टेको लगाएर तुसारेको पानी रुडीमा

blog

पहिरोका कारण पाइप दबाउन नसकेपछि फलामको खम्बाको सहाराले ल्याइएको खानेपानी । तस्बिर : शेरबहादुर सार्की

बाजुरा समाचारदाता

बाजुरा, असार १९ गते । पुस्तौँदेखि खोलाको धमिलो पानी खाँदै आएका स्वामीकार्तिक खापर गाउँपालिका–१, रुडीका स्थानीयले बल्ल धाराको सफा पानी खान पाएका छन् । तुसारे मुहानको पानी रुडीको गाउँमा पुगेपछि यहाँका स्थानीयले बल्ल धाराको सफा पानी खान पाएका हुन् । 

“पुस्तौँदेखि खोलाको धमिलो पानी खान बाध्य थियौँ, अहिले गाउँमै निर्माण भएका धाराबाट सफा पानी खान पाएका छौँ,” रुडीका स्थानीय लालपुरा दमाईंले भन्नुभयो । “खोलाको पानी खाँदा बर्खाको समय रुघाखोकीसँगै जरो र झाडापखाला लाग्ने गरेको थियो । धाराको सफा पानी खान पाएपछि अहिले भने केही भएको छैन,” उहाँले थप्नुभयो ।

यहाँका महिलालाई एक घण्टा पैदल हिँडेर खोलाको पानी ल्याउन जानुपर्ने समस्या पनि हटेको छ । साथै गाउँमा सधैँ फोहर हुने गरेको शौचालय पनि सफा हुने गरेको दमाईंले बताउनुभयो । यस पालिकाको विकट गाउँका रूपमा रहेको रुडीमा खानेपानी नहुँदा स्थानीयले पुस्तौँदेखि खोलाको धमिलो पानी खानुपर्ने समस्या भोग्दै आएका रुडीका देवसरू कार्कीले बताउनुभयो ।

आर्थिक वर्ष २०७७/७८ मा गाउँमा ल्याएको खानेपानी पहिरोको कारण बन्द भएपछि खानेपानीको समस्या हुँदै गएको तुसारे–रुडी खानेपानी उपभोक्ता समितिका अध्यक्ष अङ्गलााल धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिरोका कारण खानेपानीका पाइप नष्ट भएपछि दुई वर्षदेखि खानेपानीको अभाव भएको हो ।” अहिले फेरि लामो समयको मेहनतपछि गाउँपालिकाको आर्थिक सहयोगमा पाइपलाई खम्बाको आडमा राखेर गाउँमा पानी ल्याएपछि खानेपानीको सहज भएको अध्यक्ष धामीले बताउनुभयो ।

दुई वर्षदेखि खानेपानी नहुँदा यहाँका स्थानीयले खोलाको धमिलो खानेपानी खाने गरेका थिए । गाईभैँसी र मानिसको एकै ठाउँको खानेपानी भएकाले अधिकांशलाई बर्खाको समय रुघाखोकी जरो तथा पखालालगायतका रोग लाग्ने गथ्र्यो । 

गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले तुसारेदेखि रुडी गाउँको बिचमा झन्डै पाँच किलोमिटर लम्बाइ भएको क्षेत्रमा पहिरो गएकाले त्यो ठाउँमा फलामका खम्बाको सहारा लिई खानेपानीका पाइप राखेर गाउँमा खानेपानी पु¥याएको जानकारी दिनुभयो । 

विभिन्न बाधा अडचनका बिच तुसारेको पानी रुडीको गाउँमा पुगेपछि १७३ घरपरिवारलाई खानेपानीको निकै सहज भएको छ । यसअघि  पहिरो गएको स्थानमा खानेपानी पाइप मर्मत गर्न जाँदा दुई जनाको पहिरोमा परीप् मृत्यु भएको थियो । सोही कारण पहिरोले बिगारेको पाइप मर्मत गर्न सर्वसाधारण डराउने गरेका थिए । अहिले भने पहिरो भएको ठाउँमा खानेपानीको पाइप खम्बाको सहाराले ल्याइएको गाउँपालिकाका अध्यक्ष रोकायाले बताउनुभयो ।