• १४ असार २०८१, शुक्रबार

‘सतीदेवी’ को गीतमा पीडा र वेदनाको भाव

blog

काठमाडौँ , असार ९ गते । चलचित्र ‘सतीदेवी’ को ‘लैजा दैव फिर्ता लैजा’ बोलको गीत शनिबार सार्वजनिक गरिएको छ । लक्ष्मण सुवेदी निर्देशित चलचित्रको गीतमा पीडा र वेदनाका भाव प्रस्तुत गरिएको छ । सुवेदीकै शब्द रहेको गीतमा सङ्गीत सुभास भुसालको रहेको छ । गीतका शब्द निर्देशक सुवेदी स्वयम्ले लेख्नुभएको हो । 

गीतको भिडियोमा चलचित्रकी नायिका मलिका महतको पीडा र वेदनालाई प्रस्तुत गरिएको छ । छोरीको विषयमा समाजमा छोरी मान्छेलाई हेर्ने दृष्टिकोण र त्यसभित्रका विभिन्न भ्रममा चलचित्र कथा  बनेको छ । चलचित्र साउन ४ देखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । 

चलचित्रमा मलिकासँगै हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोलाराज सापकोटालगायतको अभिनय छ । श्रीदेवी सुवेदी र विशाल सुवेदी निर्माता रहनुभएको चलचित्रलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दै छ ।