• १२ साउन २०८१, शनिबार

घरज्वाइँको बिन्जुरी

blog

काठमाडौँ, असार ८ गते । चलचित्र ‘घरज्वाइँ’ को नयाँ गीत बिन्जुरी सार्वजनिक गरिएको छ । गीतमा राम अविरल विष्टको शब्द, एसडी योगीको सङ्गीत र स्वर रहेको छ । प्रेमिल शैलीको गीतमा अभिनेता दयाहाङ राई र अभिनेतृ मिरुना मगरको प्रेमाभावलाई प्रस्तुत गरिएको छ । गीतमा मिरुनालाई ‘बिन्जुरी’ का रूपमा सम्बोधन गरिएको छ । बिन्जुरीको अर्थ फूल हो । 

अनिल बुढामगर निर्देशित चलचित्र असार २८ बाट  प्रदर्शन हुँदै छ । जिएम मुभिज र एबिएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता जनक घर्तीमगर हुनुहुन्छ । पूर्वी रुकुम आसपासमा छायाङ्कन गरिएको चलचित्रको कथा निर्देशक अनिल आफैँले लेख्नुभएको छ । चलचित्रको पटकथा तथा संवाद विनोद खतिवडा र सुभास कोइरालाको रहेको छ । सुसन प्रजापतिले खिच्नु भएको चलचित्रमा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु) लगायतको अभिनय रहेको छ ।