• १२ साउन २०८१, शनिबार

विश्वकप क्रिकेटः इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले हरायो

blog

काठमाडौँ, असार ६ गते । आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट २०२४ अन्तर्गत सुपर आठको आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले पराजित गरेको छ ।

वेस्टइण्डिजले दिएको एक सय ८१ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्याण्डले १७ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । इङ्ग्ल्याण्डका लागि फिल साल्टले अविजित ८७ रनको योगदान दिनुभयो । उहाँले ४७ बलमा सात चौका र पाँच छक्काको मद्दतमा ८७ रनको योगदान गर्नुभएको हो ।

जोनी बेयरस्टो ४८ रन बनाउँदा कप्तान जोस बटलरले २५ र मोइन अली १३ रन बनाउनुभयो । बलिङतर्फ वेस्टइन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले समान एक–एक विकेट लिनुभयो । ।

त्यसअघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइण्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८० रनको योगफल  बनाएको थियो ।

वेस्टइण्डिजका लागि जोनसन चार्लसले ३४ बलमा चार चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ३८ रनको योगदान दिनुभयो । उहाँले निकोलस पुरन र रोभम्यान पावेलले समान ३६-३६ रन बनाउनुभयो । त्यस्तै शार्फेन रदरफोर्डले २८ रन बनाउँदा ब्रान्डोन किङले २३ रन जोड्नुभयो ।

इङ्ल्याण्डका जोफ्रा आर्चर, आदिल रशिद, मोइन अली र लियाम लिभिगस्टनले समान एकरएक विकेट लिनुभयो । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार नेपाली समयअनुसार ८ः१५ बजे अफगानिस्तान र भारत आमनेसामने हुनेछन् । रासस