स्मृति मिश्र
जनकपुरधाम (धनुषा) असार ६ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रत्येक विद्यालयका पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय राख्नुपर्ने आवश्यक रहेको बताउनुभएकाे छ । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्य मन्त्री सिंहले विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय भएपछि सडक दुर्घटनामा कमी आउने बताउनुभएकाे हाे ।
मुख्यमन्त्री सिंहले भन्नुभयो, “आजको बालबालिकाहरु भोलिको भविष्य रहेको कारणले बालबालिकाहरुको विशेष सहभागितामा कार्यक्रम सञ्चालन भएकोमा यसले समाजमा ठुलो परिवर्तन ल्याउने विश्वास राख्नुभयो । बढ्दै गरेको सडक दुर्घटना नियन्त्रणका लागि विद्यार्थीहरुले यसलाई सचेतनाका रुपमा लिनुपर्छ र यसले भविष्यमा दुर्घटना न्यूनीकरण गर्ने बताउनुभयो । उहाँले ट्राफिक नियमको पालना गर्न आग्रह गर्न गर्नुभयो । बस चालकले सवारी सधानको अवश्ताका बारेमा पूर्व जानकारी राख्नुपर्ने टिप्पणी गर्नुभयो।
भित्री सडकमा बढ्दो चाप, सडक सञ्जालको तुलनामा ट्राफिक प्रहरीको एकाइहरुको अभाव ट्राफिक वस्वस्थानका अभाव, अटो तथा रिक्साहरुको व्यवस्थापनमा सम्स्या, हुलाकि तथा भित्री सडकहरुमा सिसिसटभी नहुँदा दुर्घटनाको सङ्ख्या बढ्दै गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा करिव २० वटा विद्यालयहरुको सहभागिता थियो ।