• १२ साउन २०८१, शनिबार

दुई थुङ्गा फूल

blog

काठमाडौँ, असार ६ गते । गायक रोशन राई ‘पालुवा स्टार’ को नयाँ म्युजिक भिडियो ‘दुई थुङ्गा फूल’ सार्वजनिक गरिएको छ । वियोगान्तक प्रेमकथामा आधारित गीतको रचना तथा सङ्गीत जेठा चाम्लिङले गर्नुभएको छ । हसन राईको प्रस्तुति रहेको म्युजिक भिडियोको निर्देशन जीवन भट्टराईले गर्नुभएको छ । म्युजिक भिडियोमा निर्देशक भट्टराई, समापिका पौडेलको अभिनय रहेको छ । भिडियोले एक साता नबित्दै करिब एक लाख दर्शकको माया पाएको छ । दुई दशकदेखि सुगम सङ्गीतको क्षेत्रमा क्रियाशील राईको यसअघि पनि दर्जनौँ सिर्जना सार्वजनिक भइसकेको छ ।