• २० असार २०८१, बिहिबार

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

blog

१. विसं २०८१ असार १ गते बागमती प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत बजेटको राशि कति रहेको छ ? 

रु. ६४ अर्ब ५४ करोड

सातै प्रदेशको बजेट : २०८१/८२

कोशी

कुल बजेट : ३५ अर्ब २८ करोड

चालु : १४ अर्ब ४७ करोड

पुँजीगत : १६ अर्ब २० करोड

(आव २०८०/८१ : रु. ३६ अर्ब ७४ करोड)

मधेश

कुल बजेट : ४३ अर्ब ८९ करोड

चालु : १६ अर्ब ७ करोड 

पुँजीगत : २७ अर्ब ८९ करोड 

(आव २०८०/८१ : रु. ४४ अर्ब ११ करोड)

बागमती

कुल बजेट : ६४ अर्ब ५४ करोड

चालु : २६ अर्ब १० करोड

पूँजीगत : ३६ अर्ब ९४ करोड

(आव २०८०/८१ : रु. ६२ अर्ब ७१ करोड)

गण्डकी

कुल बजेट : ३२ अर्ब ९८ करोड

चालु : १३ अर्ब १६ करोड

पूँजीगत : १९ अर्ब ५२ करोड

(आव २०८०/८१ : रु. ३३ अर्ब ८२ करोड)

लुम्बिनी

कुल बजेट : ३८ अर्ब ९७ करोड

चालु : ११ अर्ब २४ करोड

पुँजीगत : २४ अर्ब ५९ करोड

(आव २०८०/८१ : रु. ४० अर्ब ४७ करोड)

कर्णाली

कुल बजेट : ३१ अर्ब ४१ करोड

चालु : सात अर्ब ५८ करोड

पुँजीगत : १८ अर्ब ७५ करोड

(आव २०८०/८१ : रु. ३३ अर्ब ३७ करोड)

सुदूरपश्चिम

कुल बजेट : ३१ अर्ब ६३ करोड

चालु : ११ अर्ब सात करोड

पुँजीगत : १७ अर्ब ५३ करोड

(आव २०८०/८१ : रु. २९ अर्ब २७ करोड)

सातै प्रदेशको कुल बजेट : रु. दुई खर्ब ७८ अर्ब ७० करोड

आव २०८०/८१ मा कुल बजेट : रु. दुई खर्ब ८० अर्ब ४० करोड


२. भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा कहिले चयन भएका हुन् ?

सन् २०२४ जुन ७

दुई कार्यकाल पूरा गरिसकेका विजेपी नेता नरेन्द्र मोदीले जुन ९ का दिन तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिएका छन् । उनी स्वतन्त्र भारतका २० औँ प्रधानमन्त्री भएका छन् । जवाहरलाल नेहरूपछि लगातार तेस्रो पटक प्रधानमन्त्री बन्ने मोदी दोस्रो नेता हुन् । 

हालैको लोक सभा निर्वाचनमा एकल बहुमत प्राप्त नभए पछि मोदीलाई एनडिए गठबन्धनका तर्फबाट प्रधानमन्त्री बन्ने अवसर मिलेको हो । 

५४३ सदस्यीय लोक सभामा एनडिएलाई २९२ सिट प्राप्त भएको छ । 


३. इजिप्टमा तेस्रो कार्यकालका लागि चुनिएका राष्ट्रपति को हुन् ?

अब्देल फताह एल–सिसी 


४. मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्न सफल नेतृ को हुन् ?

क्लाउडिया सेइन वाम (सन् २०२४ जुन)

उनले वामपन्थी झुकाव भएको दल ‘मोरेना पार्टी’ को उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेकी थिइन् । 

सन् २०१८ मा उनी मेक्सिको सिटीको पहिलो महिला मेयर बनेर देशव्यापी चर्चामा आइन् र सोही पद उनको राष्ट्रपति उम्मेदवारीको बलियो आधार बन्यो । 


५. ४३ औँ आसियान शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

सन् २०२३ सेप्टेम्वर ४–७, जकार्ता (इन्डोनेसिया) 

आसियान शिखर सम्मेलन हरेक २÷२ वर्षमा आयोजना गरिने छ । 

आसियानको स्थापना सन् १९६७ फेब्रुअरी २४ मा भएको छ । 


६. किर्गिजस्तानले राष्ट्रिय प्रतीक चिह्नको रूपमा के घोषणा गरको छ ?

हिउँ चितुवा 


७. कङ्गोको पहिलो महिला प्रधानमन्त्रीका रूपमा चयन हुन सफल राजनीतिकर्मी को हुन् ?

जुडिथ सुमिन्वा टुलुका (सन् २०२४ अप्रिल १) 


८. एल–निनोको कारण सिर्जित खडेरीले गर्दा स्टेट अफ डिजास्टर घोषणा गर्ने देश कुन हो ?

जिम्बाब्बे (खडेरीका कारण ८० प्रतिशत भूभाग प्रभावित)

९. चौथो साङ्घाई कर्पोरेसन अर्गनाइजेसन स्टार्टअप फोरम कहिले र कहाँ सम्पन्न भएको हो ?

सन् २०२४ मार्च १९, नयाँ दिल्ली


१०. इन्टरनेसनल सोलार एलायन्सको गठन कहिले भएको हो ?

सन् २०१५ नोभेम्बर ३० 

कर्कट रेखा र वृश्चिक रेखाको बिचमा पर्ने सौर्य ऊर्जामा समृद्ध देशहरूको गठबन्धन नै इन्टरनेसनल सोलार एलायन्स हो । 

यो एलायन्स गठनको प्रस्तावक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुन् । 

नेपाल सन् २०२२ मा यस एलायन्सको सदस्य (१०६ औँ) बनेको छ । 


११. लामो रुटको गाडी चलाउने पहिलो नेपाली महिला को हुन् ? 

रेबिका साहने 

 – (विवेक स्वच्छ केन्द्र बाल आश्रममा आबद्ध) 


१२. फ्युचर फर नेचर अवार्ड २०२४ बाट सम्मानित हुने नेपाली को हुन् ? 

रिन्जिन फुन्जोक लामा

लामा हुम्लामा हिउँ चितुवाको संरक्षणमा समुदायसँग कार्य गर्ने संरक्षणकर्मी हुन् । 

फ्युचर फर नेचर फाउन्डेसन, नेदरल्यान्ड्सले प्रदान गर्ने सो पुरस्कारको राशि ५० हजार युरो रहेको छ । 


१३. बिम्स्टेक फ्याकल्टिज एक्स्चेन्ज प्रोगामको आयोजना कहाँ गरियो ?

बङ्गलादेश (सन् २०२४ मार्च ३–६)

पारस्परिक सहकार्य प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो । 


१४. विश्वको पहिलो वैदिक घडी कुन हो ?

विक्रामादित्य वैदिक घडी 

भारतको मध्यप्रदेशस्थित उज्जैनमा रहेको छ । 

समय गणना मान ३० घण्टा, एक दिन एवं एक घण्टा, ४८ मिनेट रहेको छ । 

यस घडीको उद्घाटन सन् २०२४ फेब्रुवरी २९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा गरिएको हो । 


१५. आठौँ एसिया इकोनोमिक डायलग (एइडी) को आयोजना कहिले र कहाँ गरियो ?

सन् २०२४ फेब्रुवरी २९–मार्च २, पुने (भारत)

(नारा : जिओ–इकोनोमिक च्यालेन्जेज इन एन इरा अफ फ्लक्स)


१६. ‘पैसाको उडान’ नामक कृतिका लेखक को हुन् ?

डा. रवीन्द्र समीर

 

१७. तनहुँस्थित बन्दीपुर केबलकार कहिलेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ?

विसं २०८१ जेठ ३१

यो केवलकार गत वैशाख १ गतेदखि आंशिक रूपमा सञ्चालन हुँदै आएको थियो । 

तीन चरणको परीक्षणकाल सम्पन्न भएसँगै केवलकारले अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाण पत्र प्राप्त गरेको छ । 

केवलकारको प्रति घण्टा पाँच सय जना यात्रु बोक्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ । 


१८. देशकै लामो झोलुङ्गे पुल कुन हो ?

कठाल–मल्हनिया झोलुङ्गे पुल (मल्टिस्पान) 

पुलको लम्बाइ १५००.४४ मिटर रहेको छ । 

पुलको उद्घाटन विसं २०८० फागुन १२ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा गरिएको हो । 

यस पुलले सिरहा नपा–१३, मल्हनिया (सिरहा) र जनकनन्दिनी गापा–६, कठाल (धनुषा) जोड्ने छ । 


१९. ‘प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन’ अवार्डबाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ?

नबिल बैङ्क लि. (सन् २०२४)

बैङ्कलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरूप यो अवार्ड प्रदान गरिएको हो । 


२०. सन् २०२४ जूनमा फ्रान्समा सम्पन्न कान्स अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘ग्रान्ड प्रिक्स’ अवार्ड जित्ने फिल्म कुन हो ?

भारतीय फिल्म अल बी इम्याजिन एज लाइट (पायल कपाडिया निर्देशित) 

कपाडियाको यही फिल्मले ७७ औँ कान्स फिल्म फेस्टिभलमा भारतका लागि ऐतिहासिक सफलता दिलाएको छ । फिल्मले कान्सको दोस्रो प्रतिष्ठित अवार्ड ग्रान्ड प्रिक्स जितेको छ । 


२१. पपुवा न्युगिनीमा दुई हजारभन्दा बढी मानिसको ज्यान जाने गरी भीषण पहिरो कहिले गएको हो ?

सन् २०२४ मे २५

मुङ्गालो पर्वतको एउटा ठुलो भाग भत्कँदा सयौँ घरहरू पुरिएपछि ठुलो सङ्ख्यामा मानिसको ज्यान गएको छ । 


२२. पहिलो नेपाली एनिमेटेड फिचर फिल्म कुन हो ?

सलिना (तेजसराज जोशी निर्देशित) 

रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित गरिएको हो । 


२३. योंग एचिभर अवार्ड, २०२४ प्राप्त गर्ने व्यक्तित्व को हुन् ?

केपी खनाल (सरसफाइ अभियन्ता)

इन्टरनेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत अभिनेतृ (टेलिफिल्म) रियासा दाहाल पनि पुरस्कृत भएकी छन् ।

प्रस्तुतकर्ता : टङ्क केसी