१. संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) द्वारा ‘सङ्गीतको सिर्जनात्मक सहर’ को रूपमा घोषित नेपालको सहर कुन हो ?
ललितपुर महानगरपालिका
– युनेस्कोले सन् २०२५ अक्टोबर ३१ तारिख (विश्व सहर दिवसको अवसर) मा ललितपुर महानगरलाई सङ्गीतको सिर्जनात्मक सहरका रूपमा घोषणा गरेको ।
– सन् २००४ देखि युनेस्कोले ‘युनेस्को सिर्जनात्मक सहरको सञ्जाल’ कार्यक्रम सुरु गरेको । यस कार्यक्रम अन्तर्गत हालसम्म विश्वका एक सय देशका ४०८ वटा सहरले विभिन्न विधामा सो सञ्जालको सदस्यता प्राप्त गरेका ।
– यसअघि विश्व कला परिषद्बाट ‘ललितपुर महानगर’ ‘३५ औँ कला नगरी’ को रूपमा सूचीकृत भएको ।
२. नेपाल सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा कसलाई नियुक्त ग¥यो ?
दानबहादुर कार्की
– विसं २०८२ कात्तिक २४ मा बसेको मन्त्रीपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) कार्कीलाई प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गर्ने निर्णय गरेको ।
– कार्कीले कात्तिक २७ गतेदेखि महानिरीक्षकको
कार्यभार समाल्ने ।
– नवनियुक्त महानिरीक्षक कार्की २०८२ वैशाख १५ मा डिआइजीबाट एआइजीमा बढुवा हुनुभएको थियो ।
३. भारत र अमेरिकाबिच १० बर्से रक्षा सम्झौतामा कहिले हस्ताक्षर भएको हो ?
सन् २०२५ अक्टोबर ३१
– भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी युद्धमन्त्री पिट हेगसेथद्वारा मलेसियाको राजधानी क्वालालम्पुरमा रक्षा साझेदारी ढाँचामा हस्ताक्षर भएको ।
– दुई देशबिचको रणनीतिक सहकार्यलाई बलियो बनाउने उद्देश्यका साथ यो सम्झौता भएको ।
– साझेदारीले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र सुरक्षालाई सुदृढ बनाउने विश्वास ती देशका अधिकारीले गरेका । नयाँ रक्षा ढाँचाले समन्वय, सूचना आदानप्रदान र प्रविधिक सहयोगलाई विस्तार गर्ने जनाइएको ।
४. सन् २०२५ मा सम्पन्न १३ औँ आइसिसी महिला एक दिवसीय क्रिकेट विश्वकपको उपाधि जित्ने राष्ट्र कुन हो ?
भारत
– उपविजेता : दक्षिण अफ्रिका
– संस्करण : १३ औँ
– आयोजक राष्ट्र : भारत र श्रीलङ्का
– मिति : सन् २०२५ सेप्टेम्बर ३० – नोभेम्बर २
– सहभागी टोली : आठ
– उद्घाटन खेल : भारत र श्रीलङ्का
– भारतीय महिला क्रिकेट टोली एकदिवसीय विश्वकपको नयाँ विजेता बनेको ।
– सन् १९७३ मा पहिलो पटक महिला विश्वकप आयोजना भएको थियो ।

५. जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३० औँ सम्मेलन (कोप–३०) को आयोजना कुन देशमा भएको हो ?
बेलेम, ब्राजिल (सन् २०२५ नोभेम्बर १०–२१)
– कोप–३० मा कृषि तथा पशुपन्छी विकासमन्त्री
डा. मदनप्रसाद परियारको नेतृत्वमा नेपालले सहभागिता जनाएको ।
६. १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तय गरिएको नयाँ मिति कुन हो ?
– विसं २०८२ फागुन १–७ (कर्णाली प्रदेश)
– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा कात्तिक १९ मा बसेको बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म गर्ने निर्णय गरेको ।
७. सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य आङ फुर्बा शेर्पाको निधन कहिले भएको हो ?
विसं २०८२ असोज ३० (९२ वर्षको उमेरमा)
८. थाइल्यान्ड र कम्बोडियाबिच विस्तारित युद्धविराम सम्झौतामा कहिले हस्ताक्षर भएको हो ?
सन् २०२५ अक्टोबर २६
– सम्झौता अनुसार थाइल्यान्डले कम्बोडियाका कैदीलाई मुक्त गर्ने तथा कम्बोडियालेपहिलो चरणमा आफ्ना भारी तोपखाना फिर्ता लैजान सुरु गर्ने जनाइएको ।
– थाइल्यान्ड र कम्बोडियाबिच गत जुलाईमा पाँच दिनसम्म भीषण लडाइँ भएको थियो, जसमा दर्जनौँ व्यक्तिको मृत्यु हुनुका साथै लाखौँ विस्थापित भएका थिए ।
९. विश्व दृष्टि दिवश कहिले मनाइन्छ ?
अक्टोबर महिनाको दोस्रो बिहीबार
– सन् २०२५ को नारा : ‘आँखालाई माया गरौँ’ ।
१०. सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) यु–१९ महिला भलिबल च्याम्पियनसिपको उपाधि कसले जित्यो ?
किर्गिस्तान
– उपविजेता : नेपाल
– आयोजना : श्रीलङ्का
– मिति : सन् २०२५ नोभेम्बर ४–९
११. नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सहित १० वामपन्थी पार्टीबिच एकताको घोषणा कहिले गरिएको हो ?
विसं २०८२ कात्तिक १९
– काठमाडौँको भृकुटीमण्डपमा कात्तिक १९ गते नौबुँदे प्रस्ताव पारित गर्दै एकता घोषणा गरिएको ।
– पार्टीको नाम : नेपाली कम्युनिस्ट पार्टी
– संयोजक : पुष्पकमल दाहाल ‘प्रचण्ड’ (पूर्वमाओवादी केन्द्रका अध्यक्ष)
– सहसंयोजक : माधवकुमार नेपाल (पूर्वएकीकृत समाजवादीका अध्यक्ष)
– चुनाव चिह्न : पाँचकुने तारा
१२. नेपालले बायो डाइभर्सिटी बियोन्ड नेसनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर गरेको हो ?
विसं २०८० असोज ३ (सन् २०२३ सेप्टेम्बर २०)
१३. दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
६७० मेगावाट
१४. राष्ट्र–परराष्ट्र नामक कृतिका सर्जक को हुन् ?
डा. भेषबहादुर थापा
१५. अनेसास डायस्पोरा वाङ्मय पुरस्कार २०२५ बाट सम्मानित हुने स्रष्टा को हुन् ?
डा. तुलसी आचार्य (कृति : स्वप्नभूमि)
– अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार : रोसन थापा निरव (कृति : सन्त्रासका साठी दिन)
– अनेसास नन्दादेवी सर्वोत्कृष्ट लोकसाहित्य पुरस्कार : शशीराम कार्की (कृति : रुकुमका लोककथा)
– डायस्पोरा वाङ्मय पुरस्कार : डा. तुलसी आचार्य (कृति : स्वप्नभूमि)
– निबन्ध यात्रा पुरस्कार : मोमिला (निबन्धसङ्ग्रह : प्रश्नहरू बाँकी छन्)
– सांस्कृतिक अध्ययन विधाको पुरस्कार :
डा. दुर्गाबहादुर घर्ती
– अनेसास राष्ट्रकवि डायस्पोरा काव्य पुरस्कार :
कवि जगन्नाथ पौडेल (कृति : बग्दाबग्दै)
– अनेसास राष्ट्रकवि काव्य पुरस्कार : कृशु क्षेत्री
(कृति : पसिनाको क्यानभास)
– उत्कृष्ट कथा पुरस्कार : कृष्ण कुसुम (कथासङ्ग्रह : पाश्र्व धुन)
– उत्कृष्ट उपन्यास पुरस्कार : अखण्ड भण्डारी (उपन्यास : बोरा)
– अनेसास गीत गजल पुरस्कार : लक्ष्मण सिटौला (गीतिसङ्ग्रह : धर्तीको ध्वनि)
– अनेसास बालसाहित्य पुरस्कार : विमला निरौला
(कृति : यात्रामा देश)
१६. सरकारले राष्ट्रिय सभाको रिक्त पदपूर्तिका लागि तय गरेको निर्वाचन मिति कुन हो ?
विसं २०८२ माघ ११
– आगामी फागुन २० गते राष्ट्रिय सभाका १८ जना निर्वाचित र राष्ट्रपतिबाट मनोनीत एक गरी १९ जना सदस्यको पदावधि सकिन लागेको ।
– पदावधि समाप्त भई रिक्त हुन आउने सदस्य पदको निर्वाचनको मिति सो पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन हुने गरी मिति तोक्नुपर्ने प्रावधान रहेको ।
– राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुने र एक तिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने ।
– ऐनले सम्बन्धित प्रदेशका प्रदेश सभा सदस्य र प्रदेशभित्रको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख सम्मिलित निर्वाचक मण्डलले राष्ट्रिय सभाका सदस्य पदका लागि मतदान गर्ने व्यवस्था गरेको ।
१७. राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको मातृ मृत्युदर कति रहेको छ ?
१५१ जना (प्रति एक लाखमा)
– सबैभन्दा बढी मातृ मृत्युदर भएको प्रदेश लुम्बिनी र कम भएको प्रदेश बागमती रहेका ।
१८. मिटरब्याज (अनुचित लेनदेन) लाई अपराध कायम गर्ने फौजदारी कानुन कहिलेदेखि कार्यान्वयनमा आएको हो ?
विसं २०८० वैशाख २०
१९. तामाङ मिनी सङ्ग्रहालयको निर्माण कहाँ गरिएको छ ?
दोलखा
२०. सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीको सम्मेलन कहिले सम्पन्न भयो ?
विसं २०८२ कात्तिक १५ (हेटौँडा)
– सङ्घीयताको आर्थिक पक्षलाई सबल र प्रभावकारी बनाउन सातै प्रदेशका आर्थिक मामिलामन्त्रीद्वारा संयुक्त रूपमा ‘हेटौँडा घोषणापत्र’ जारी गरिएको ।
– सम्मेलनमार्फत वित्तीय सङ्घीयतालाई सुदृढ र पारदर्शी बनाउने घोषणा ।
– घोषणापत्रमा सङ्घीय सरकारको वार्षिक बजेट वृद्धिको अनुपातमा वित्तीय समानीकरण अनुदान वृद्धि गर्न, अनुदानको वितरण पारदर्शी र अनुमानयोग्य बनाउन तथा आर्थिक वर्षको बिचमा कुनै पनि खालको अनुदान कटौती नगर्न माग गरिएको ।
– ससर्त अनुदान विषयगत रूपमा एकमुष्ट पठाउनुपर्ने र राष्ट्रिय गौरवका आयोजनाबाहेकका परियोजना प्रदेश तथा स्थानीय तहमार्फत कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको ।
– वित्तीय सङ्घीयताको दीर्घकालीन स्थायित्वका लागि ‘प्रदेश आर्थिक मामिला परिषद्’ नामक स्थायी संयन्त्र गठन गर्ने निर्णय गरिएको ।
– यस परिषद्ले वित्तीय सङ्घीयताको सुदृढीकरण, अन्तरप्रादेशिक वित्त नीति तथा कानुनमा समन्वय, साझा वित्तीय एजेन्डा तयार र सङ्घ–प्रदेशबिचको समन्वयका काम गर्ने बताइएको ।
प्रस्तुतकर्ता : टङ्क केसी