• १२ असोज २०८१, शनिबार

कैलालीका विद्यालयमा थप तीन दिन गर्मी बिदा

blog

धनगढी उपमहानगर ।

भावना जोशी 

अत्तरिया, असार ४ गते । कैलाली जिल्लामा अत्यधिक गर्मी बढेपछि  विद्यार्थीको स्वास्थ्यमा पर्ने सक्ने समस्यालाई मध्यनजर गर्दे  स्थानीय तहले विद्यालय बिदा दिन थालेका छन् । 

मंगलबार कैलालीको गौरी गङ्गा नगरपालिका, टिकापुर नगरपालिका र धनगढी उपमहानगरले गर्मी बिदा दिएका हुन् । चर्को घाम, तातो हावा र उच्च तापक्रमले विद्यार्थी बेहोस हुने, पढ्न मन नगर्ने र विद्यालय नै आउन  समस्या हुन थालेपछि वर्षे बिदामा मिलान हुनेगरी उपमहानगर र नगरका  संस्थागत र सामुदायिक सबै विद्यालयमा तीन दिन बिदा दिने सूचना जारी गरिएको हो। 

स्थानीय तहले सूचना जारी गरी गर्मीका कारण बालबालिका तथा विद्यार्थीको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल असरलाई मध्यनजर गरेर असार ५ गतेदेखि ७ गतेसम्म वर्षे बिदाबाट कट्टा हुनेगरी नगरपालिका अन्तरगत सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयको पठनपाठन बन्द गर्ने व्यवस्था मिलाउन भनेको हो। 

कैलालीमा केही दिन यता तापमान उच्च ४४ डिग्री मापन गरिएको थियो भने मंगलबार तापक्रम  ४६ .४ डिग्री मापन भएको छ।