• १० कात्तिक २०८१, शनिबार

साहित्य र कलामा समाजको प्रतिबिम्ब झल्किनुपर्छ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

blog

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी । फाइल तस्बिर

काठमाडौँ, जेठ ३२ गते। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले साहित्य र कला समाजको प्रतिबिम्ब भएको बतउनुभएको छ। 

शुक्रबार काठमाडौंमा नूर–गंगा प्रतिभा पुरस्कार गुठी २०४९, सम्मान एवं पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले लगन र त्याग एवं समर्पणले मात्रै कुनै पनि काम फत्ते गर्न सकिने बताउनुभयो। उहाँले साहित्य र कलामा समाजको प्रतिबिम्ब झल्किनुपर्ने बताउनुभयो।

उहाँले कला र साहित्यमा समाजको प्रतिबिम्ब नझल्किए समाजलाई अगाडि डोहोर्याउन नसक्ने बताउनुभयो। साहित्य र कलाले नै समाजलाई मार्ग दर्शन गर्ने, समाजका कुण्ठा, पीडा देखाइदिने र अग्रगमनतिर मार्ग निर्देशन गर्ने कुरा भएको बताउनुभयो।

उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटाका कविता, काव्य, निबन्ध अहिले पनि युनिभर्सल रहेको बताउनुभयो।