• १३ चैत २०८२, शुक्रबार

आगलागीबाट एक घर जलेर पूर्ण रुपमा नष्ट

blog

आगलागीबाट जलेको कपुरकोट गाउँपालिका–५ पांग्राङस्थित डिलबहादुर बिकको घर । तस्बिर शंकर केसी

शंकर केसी
सल्यान, चैत १३ गते ।
सल्यानको कपुरकोट गाउँपालिका–५ पांग्राङमा आगलागीबाट एक घर पूर्ण रूपमा नष्ट भएको छ । डिलबहादुर बिकको घरमा गएराति करिब पौने १२ बजेतिर अचानक आगलागी हुँदा घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका हुन् ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, रासायनिक मलखाद लगायतका घरायसी सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको पीडित डिलबहादुरको घरमा बिहानै पुग्नुभएका कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले जनाउनुभयो ।

उहाँका अनुसार स्थानियहरुले राति नै आगो नियन्त्रणको प्रयास गरेका थिए । तर घरको चारैतिरबाट एकसाथ आगो फैलिएकाले नियन्त्रण असम्भव भएको थियो ।

आगलागीबाट लाखौं रुपियाँ बराबरको क्षति भएको बताइएको छ । आगलागीका कारण खुल्न बाँकी रहेको छ । घटना भएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ खटिएको जनाइएको छ ।