• १६ भदौ २०८१, आइतबार

हावाहुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित

blog

हावाहुरीले क्षति गरेको खप्तड छेडेदह गाउँपालिका –१ काँडा भवानीको तीनकोठे भवन । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, जेठ १९ गते ।
बाजुरामा शुक्रबार चलेको हावाहुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ ।

शुक्रबार दिउँसो र बेलुकी चलेको हावाहुरीले खप्तड छेडेदह गाउँपालिका–१ को काँडा भवानी मावि बुढीगङ्गा २ बजेडी आविको तीनकोठे भवनको छाना उडाएपछि पठनपाठन प्रभावित भएको हो ।

हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या देखिएको काँडा भवानीका शिक्षक हीरालाल रेग्मीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कहिले पानी पर्ने त कहिले गर्मी हुने बेलामा हावाहुरीेले विद्यालयको छाना उडाएपछि यती बेला विद्यार्थीलाई कहाँ राखेर पढाउने समस्या भएको छ ।” काँडा भवानी माविमा कक्षा एकदेखि १२ सम्म पढाइ हुन्छ ।

उहाँले भन्नुभयो, ‘‘यहाँ पक्की भवन एक मात्र छ । अन्य सबै कच्ची छन् ।’’ ती भवनको पनि हावाहुरीले छाना हावाले उडाएपछि विद्यार्थीको पढाइ प्रभावित हुने रेग्मीले बताउनुभयो ।

केही महिना अघि हावाहुरील हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा बडिमालिका, गौमुल, बुढीगङ्गा र त्रिवेणी नगरपालिकालगायतका दर्जनौँभन्दा बढी विद्यालय र घरको छानामा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।