• २४ वैशाख २०८१, सोमबार

चौरजहारीमा माओवादी केन्द्रका उम्मेदरवारद्वारा उम्मेदवारी दर्ता

blog

राजु लामिछाने
रुकुम पश्चिम, वैशाख १२ गते । स्थानीय तह निर्वाचनअन्तर्गत रुकुम पश्चिमको चौरजहारीमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएको छ ।

निर्वाचन अधिकृतको कार्यालय चौरजहारीमा माओवादी केन्द्रबाट पुष्प बादीले नगर प्रमुख र उपप्रमुखमा ईश्वरी शर्मा बिएमले उम्मेदवारी दर्ता गराउनुभएको हो  ।

निर्वाचन अधिकृत द्रोणदत्त पौडेलले नेता कार्यकर्ता र शुभचिन्तकसहित सोमबार निर्वाचन अधिकृतको कार्यालय चौरजहारीमा उहाँहरुले उम्मेदवारी दर्ता गराउनुभएको जानकारी दिनुभयो ।

नगर प्रमुखका उम्मेदवार पुष्प बादिको समर्थकमा वीरेन्द्र बिएम र समर्थकमा सुन्दर शर्मा रहनुभएको छ । त्यसैगरी, उपप्रमुख ईश्वरी शर्मा बिएमले ध्रुव बुढाथोकीको समर्थन र मनसरा मल्ल शर्माको प्रस्तावमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।