• १२ साउन २०८१, शनिबार

खानेपानी मन्त्रालयमा २६ अर्ब ६३ करोड विनियोजन

blog

काठमाडौँ, जेठ १५ गते । आगामी आर्थिक वर्षका लागि खानेपानी मन्त्रालयमा २६ अर्ब ६३ करोड रुपियाँ विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री वर्षमान पुनले खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभएको हो ।

उहाँले काठमाडौँ उपत्यकाको चक्रपथ बाहिरको स्थानमा खानेपानी वितरण प्रणाली विस्तार कार्य अगाडी बढाइने बताउनुभयो । मन्त्री पुनले मेलम्ची खानेपानी आयोजनामा ५० करोड रुपियाँ बजेट छुट्याइएको पनि जानकारी दिनुभयो । उहाँले आगामी आर्थिक वर्ष खानेपानी सुविधा विस्तारबाट थप चार लाख ४५ हजार जनसङ्ख्या लाभान्वित हुने बताउनुभयो ।

‘‘काठमाडौँ उपत्यकाको चक्रपथ बाहिरको स्थानमा खानेपानी वितरण प्रणाली विस्तार कार्य अगाडी बढाइनेछ । मेलम्ची खानेपानी आयोजनामा ५० करोड रुपियाँ बजेट छुट्याइएको छ । सुनकोशी–मरिण तथा सुनकोशी–कमलाबाट मधेस प्रदेशका ८ जिल्ला, नारायणी नदिबाट चितवन, भेरी बबइबाट कोहलपुर र नेपालगन्ज लगायतका स्थानमा थोक वितरण प्रणालीबाट पानी आपूर्ति गर्न सम्भाव्यता अध्ययन गरिनेछ ।,’’ अर्थ मन्त्री पुनले भन्नुभयो, ‘‘३७ करोड लिटर फोहोर पानी प्रशोधन क्षमताको धोबिघाट प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने छ । धोबिघाट, बालकुमारी र सल्लाघारीमा फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिनेछ । आगामी आर्थिक वर्ष खानेपानी सुविधा बिस्तारबाट थप चार लाख ४५ हजार जनसङ्ख्या लाभान्वित हुनेछ ।’’

उहाँले ३७ करोड लिटर फोहोर पानी प्रशोधन क्षमताको धोबिघाट प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने जनाउनु भयो । त्यस्तै धोबिघाट, बालकुमारी र सल्लाघारीमा फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिने उल्लेख गरिएको छ ।