• १२ साउन २०८१, शनिबार

गण्डकीमा मनाइयो गणतन्त्र दिवस

blog

विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट।

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ १५ गते। गण्डकी प्रदेश सरकारले विभिन्न कार्यक्रम गरेर १७ औँ गणतन्त्र दिवस मनाएको छ। प्रदेश सरकारले मङ्गलबार आयोजना गरेको विशेष समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गणतन्त्र जनताको बलिदानपूर्ण सङ्घर्षको प्रतिफल भएको बताउनुभयो।

उहाँले जनताले जीवनमा अनुभूत गर्ने गरी गणतन्त्र कार्यान्वयन जरुरी भएकोमा जोड दिनुभयो। “संविधान अनुरूप राज्य संयन्त्रमा भएका परिवर्तन जनताले अनुभूत गर्न पाउनुपर्छ,” उहाँले भन्नुभयो, “त्यसो भएमात्र गणतन्त्रको औचित्य स्थापित हुन्छ।”

गणतन्त्र दिवसले भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गर्ने प्रेरणा दिने उहाँको भनाइ छ। प्रदेश प्रमुख भट्टले सबै प्रदेशवासीलाई सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न शुभकामनासमेत दिनुभएको छ। 

प्रदेश प्रमुख भट्टले नेपाल प्रहरीले दिएको सलामी ग्रहण गर्नुभयो। उहाँले समारोहमा गण्डकी प्रदेश सरकारबाट पुरस्कृत तथा सम्मानित कार्यालयका प्रमुख, कर्मचारी र सुरक्षाकर्मीलाई कदरपत्रसमेत प्रदान गर्नुभएको छ।