• ३ असार २०८१, सोमबार

छब्बिस संस्थान नाफामा छ खर्ब एकसट्ठी अर्ब लगानी

blog

काठमाडौँ, जेठ १४ गते । मुलुकभर सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २६ वटा संस्थान नाफामा रहेको पाइएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आइतबार संसद्मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार आर्थिक वर्ष २०७९/८० मा २६ संस्थान नाफामा देखिएका छन् । जसमा १५ वटा संस्थान घाटामा रहेका छन् भने जनकपुर चुरोट कारखाना लिमिटेड, नेपाल विद्युत् उत्पादन कम्पनी लि र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको गरी तीन वटा संस्थानको कारोबार शून्य रहेको छ । 

आव २०७८/७९ को तुलनामा सार्वजनिक संस्थानको खुद नाफासमेत वृद्धि भएको छ । यस आवमा संस्थानको खुद नाफा ४८ अर्ब ५१ करोड पुगेको देखिएको छ । आयको उच्च वृद्धि हुनुमा नेपाल आयल निगम उच्च दरले नाफामा जानु मुख्य कारण मानिएको छ । अघिल्लो वर्ष निगम ३८ अर्ब १७ करोड घाटामा रहेको निगम गत वर्ष भने ११ अर्ब ७२ करोड नाफामा रहेको छ । ४४ सार्वजनिक संस्थानको खुद नाफा ४८ अर्ब ५१ करोड रहेकोमा पाँच संस्थानको नाफा मात्रै ७५.६७ प्रतिशतभन्दा धेरै छ । यी पाँच संस्थानको मात्रै ३६ अर्ब ६९ करोड नाफा भएको छ । 

सार्वजनिक संस्थानमा सरकारको कुल लगानी अघिल्लो आवको तुलनामा ८.६२ प्रतिशतले बढेर छ खर्ब ६१ अर्ब  १० करोड पुगेको छ । गत आवको तुलनामा सेयर लगानी ९.१९ प्रतिशतले वृद्धि भई तीन खर्ब ७९ अर्ब ७२ करोड  रुपियाँ पुगेको छ भने ऋण लगानी ७.८६ प्रतिशतले कमी आई दुई खर्ब ८१ अर्ब  ३८ करोड ऋण लगानी रहेको छ । सार्वजनिक संस्थानले कुल ३२ हजार १८० जनालाई रोजगारी दिएको पाइएको छ । सार्वजनिक संस्थानको सञ्चित नाफा ६१ अर्ब १४ करोड पुगेको छ ।

यस्तै आव २०७८/७९ को तुलनामा चुक्ता पुँजी १०.६२ प्रतिशतले वृद्धि भई आव २०७९/८० मा चार खर्ब १४ अर्ब १२ करोड पुगेको छ । जसमा नेपाल सरकारको पुँजी लगानी ९२.१३ प्रतिशत र अन्य संस्थान तथा निजी क्षेत्रको ७.८७ प्रतिशत सेयर स्वामित्व रहेको छ । निजीकरण गरिएका १८ वटा संस्थानमध्ये १० वटा नाफामा रहेको पाइएको छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्च एक वर्षमा ४३ अर्ब ९० करोड रहेको प्रतिवेदनमा उल्लेख छ । 

गत आवसम्म २० वटा संस्थानले लेखापरीक्षण गराएका छन् । सो आवमा बढी नाफा गर्ने संस्थान नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष रहेका छन् । यस्तै आव २०७९/८० मा उच्च नोक्सान भएका पाँच सार्वजनिक संस्थानमा नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट, उद्योग लिमिटेड र नेपाल नेपाल टेलिभिज रहेका छन् ।    गत आवमा कुल गार्हस्थ उत्पादन ५३ खर्ब ८१ अर्ब ३४ करोडमा सार्वजनिक संस्थानको कुल सञ्चालनको अनुपात १२.२८ प्रतिशत रहेको छ । 

गत आवमा बढी नोक्सानी बेहोर्ने संस्थानमा नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट र नेपाल टेलिभिजन छन् । प्रतिवेदन अनुसार गत आव २०७८/७९ को तुलनामा सार्वजनिक संस्थानको खुद नाफा पनि १०.२६ प्रतिशतले वृद्धि ४८ अर्ब ५१ करोड पुगेको पाइएको छ । यसरी आयमा उच्च वृद्धि हुनुको कारण नेपाल आयल निगम उच्च दरले नाफामा जानु मानिएको छ । अघिल्लो वर्ष ३८ अर्ब १७ करोड रुपियाँ बराबरको घाटा बेहोरेको निगमले गत वर्ष भने ११ अर्ब ७२ करोड रुपियाँ नाफा आर्जन गरेको थियो ।

निजीकरण गरिएका १८ संस्थानमध्ये १० वटा नाफामा रहेको पाइएको छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्च एक वर्षमा ४३ अर्ब ९० करोड रहेको प्रतिवेदनमा उल्लेख छ । गत आवसम्म २० संस्थानले लेखापरीक्षण गराएका छन् ।  यस आवमा संस्थानहरूको खुद नाफा ४८ अर्ब ५१ करोड पुगेको देखिएको छ ।

गोरखापत्र संस्थान नाफामा

आर्थिक वर्ष २०७९/८० मा गोरखापत्र संस्थानले छ करोड  २४ लाख रुपियाँ नाफा कमाएको छ । आव २०७८/७९ मा पाँच करोड ४८ लाख रुपियाँ नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा संस्थानले एक करोड रुपियाँ बढी नाफा कमाउन सफल भएको हो ।