• ३ असार २०८१, सोमबार

जिप दुर्घटनामा पाँच भारतीय पर्यटक घाइते

blog

दुर्घटना भएको भारतीय कार । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, जेठ १३ गते । भारतीय पर्यटक सवार जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा आइतबार बिहान दुर्घटना हुँदा पर्यटकहरू घाइते भएको प्रहरीले जनाएको छ ।

आँबुखैरेनीबाट डुम्रे जाँदै गरेको बि आर ०६ डी एच ८२८१ नम्बरको भारतीय कार अनियन्त्रित भई सडकदेखि करिब २० मिटर तल खस्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपिलराज बोहोराले जानकारी दिनुभयो । दुर्घटना हुँदा भारतको बिहारको मजसापुर थानाकाटी निवासीहरू चालकसहित कारमा सवार पाँचै जना घाइते भएको उहाँले जानकारी दिनुभयो ।

२३ वर्षीय आनन्द कुमार, ३० वर्षीय राजेश कुमार, २५ वर्षीय सुमित कुमारको पुरानो मेडिकल चितवनमा उपचार भइरहेको छ । यस्तै, वर्ष २३ का सचेन्द्र कुमारको आँबुखैरेनी बजारस्थित आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ भने २४ वर्षीय राज कुमारलाई भने डिस्चार्ज गरिएको छ ।