• ३ असार २०८१, सोमबार

तोलामा एक हजार आठ सयले घट्यो सुनको मूल्य

blog

काठमाडौँ,  जेठ ११ गते ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा नै रु. एक हजार आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन आज रु. एक लाख ३६ हजार नौ सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन तोलामा रु. एक लाख ३८ हजार सात सयमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु. एक लाख ३८ हजार ५० मा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ३६ हजार दुई सय ५० निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु. १० ले घटेको छ । बिहीबार तोलामा रु. एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार आठ सय ५५ निर्धारण भएको छ । रासस