• १२ साउन २०८१, शनिबार

नीति तथा कार्यक्रमका लागि टोलटोल पुगेर सुझाव सङ्कलन

blog

आगामी नीति, कार्यक्रम र बजेटबारे फाकुम्बाका स्थानीयको सुझाव सङ्कलन गरिँदै।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ ६ गते। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आफ्नो नीति कार्यक्रमका विषयमा टोलटोलमा पुगेर सुझाव सङ्कलन गर्न सुरु गरेको छ। गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रस्तुत हुने नीतिु कार्यक्रम तथा बजेटका विषयमा टोलटोलमा पुगेर सुझाव सङ्कलन गर्न थालेको हो।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार आगामी आवको नीति, कार्यक्रम तथा बजेटबारे टोलटोलमा पुगेर स्थानीय समुदायको सुझाव सङ्कलन गर्न थालिएको हो। स्थानीय सरकारको नीति, कार्यक्रम तथा बजेटलाई जनमुखी बनाउनमा थप सहयोग लिने उद्देश्यले समुदायस्तरबाटै सुझाव सङ्कलन गर्न सुरु गरिएको अध्यक्ष वनेमले बताउनुभयो।

उहाँले आवश्यक र उपयुक्त रायसुझाव दिएर गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेटलाई प्रभावकारी बनाउने कार्यमा सहयोग गर्न पालिकावासी जनतालाई आह्वानसमेत गर्नु भएको छ। प्रत्येक वडा कार्यालयको समन्वयमा टोलटोलमा पुगेर सुझाव सङ्कलनको काम भइरहेको गाउँपालिकाले जनाएको छ। आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको तयारी सुरु भएसँगै समुदायस्तरबाट राय सुझाव लिने काम भइरहेको गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभयो। 

गाउँपालिकाका छ वटै वडामा कार्यक्रम तालिका बनाई टोलटोलमा पुगेर स्थानीय नागरिकको राय सुझाव सङ्कलनको क्रम चलिरहेको बताइएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत गोम्देनका अनुसार शनिबार वडा ६ फाकुम्बामा पुगेर स्थानीय समुदायको  यसअघि यहाँको सिरिजङ्गा गाउँपालिकाले पनि १५ दिनको समय दिएर बजेटमा स्थानीय समुदायसँग अन्तक्र्रिया गरी राय सुझाव सङ्कलन गरिएको छ।