शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, जेठ ६ गते । आइतबार दिउँसो पटकपटक स्थगित भएको राष्ट्रिय सभाको बैठक सोमबार मात्र बस्ने भएको छ । 
महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आइतबार तोकिएको समयमा बस्न नसकेपछि सवा ३ बजेका लागि बोलाइएको बैठकसमेत विशेष कारणले बस्न नसकेपछि सोमबारसम्मका लागि स्थगित भएको हो । 
महासचिव पाण्डेयले सार्वजनिक गर्नुभएको सूचनामा अर्को बैठक सोमबार दिउँसो १ः१५ बजे बस्ने गरी निर्धारण गरिएको उल्लेख छ ।

 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                