• १२ साउन २०८१, शनिबार

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

blog

लिस्वन (पोर्चुगल), जेठ ६  गते ।  शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती यहाँ विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइने भएको छ ।

लिस्वनस्थित नेपालको अवैतनिक वाणिज्य दूतावासको आयोजना तथा गैर आवासीय नेपाली सङ्गठनका साथै यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाको सक्रियतामा आगामी बिहीबार विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाउन लागिएको हो ।

भगवान् गौतमबुद्ध र बुद्ध जन्मस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले साथ विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाउने तयारी भएको २५६८औँ बुद्धजयन्ती मूल आयोजक समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले राससलाई जानकारी दिनुभयो ।

बुद्धजयन्तीका अवसरमा राजधानी लिस्वनमा बृहत् शोभायात्रा, बुद्धको विशेष पूजा आराधना गरिनेछ । बुद्धका तस्वीर, प्लेकार्ड, बुद्ध उपदेश लिखित ब्यानर, नेपालको राष्ट्रिय झण्डा र सांस्कृतिक झाँकीसहितको शोभायात्राले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गर्ने उहाँले बताउनुभयो । शोभायात्रामा पोर्चुगलवासी नेपाली, बौद्ध धर्मगुरु, लामा, स्वदेशी तथा विदेशी बौद्ध अनुयायी सहभागी हुनुहुनेछ । रासस