• ७ मंसिर २०८१, शुक्रबार

नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने सरकारको योजना

blog

काठमाडौँ, जेठ १ गते । सरकारले नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने भएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने योजना सार्वजनिक गरिएको हो ।

मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दुर्गम र विकट क्षेत्रमा भूउपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिने बताउनुभयो । उहाँले डिजिटल साक्षरता विकास गरी महिला, अल्पसङ्ख्यक एवम् पिछडिएको वर्ग, क्षेत्र र समुदायको सूचना प्रविधिमा पहुँच विस्तार गर्ने बताउनुभयो । राष्ट्रपति पौडेलले साइबर सुरक्षा सम्बन्धी कार्यलाई प्रभावकारी बनाउने बताउनुभयो ।