• १२ साउन २०८१, शनिबार

वर्क स्टेसन स्थापना गरेर पाँच हजारलाई रोजगारी

blog

काठमाडौँ, जेठ १ गते । सरकारले आगामी आर्थिक वर्षमा वर्क स्टेसन स्थापना गरेर पाँच हजारलाई रोजगारी सृजना गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा काठमाडौँ उपत्यका र आसपासमा वर्क स्टेसन स्थापना गरेर पाँच हजार रोजगारी स्थापना गरिने बताउनुभयो ।

यस्तै सरकारले आगामी आर्थिक वर्षमा एक घर एक धारा कार्यक्रमलाई व्यवस्थित बनाउने भएको छ । राष्ट्रपति पौडेलले सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा पहाडी क्षेत्रमा सुक्दै गएको खानेपानीको स्रोतलाई ध्यानमा राख्दै एक घर एक धारा कार्यक्रमलाई व्यवस्थित गरिने बताउनुभयो ।